२० असार २०८३, शनिबार

विश्वास मत नपाएपछि गण्डकीका मुख्यमन्त्री स्वतः पदमुक्त

विश्वास मत नपाएपछि गण्डकीका मुख्यमन्त्री स्वतः पदमुक्त
फाइल फोटो

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्ताव असफल भएको छ ।

बिहीवार प्रदेश सभामा विश्वासको मतको प्रस्तावलाई निर्णयार्थ पेश गर्दा मुख्यमन्त्री गुरुङको पक्षमा २७ मत मात्रै खस्यो ।

प्रदेशसभा सभामुख नेत्रनाथ अधिकारीले कूल ५७ सदस्यले मतदान गरेकोमा पक्षमा २७ र विपक्षमा ३० मत खसेको घोषणा गरे । कूल ६० सदस्य रहेको प्रदेश सभामा बहुमतका लागि ३१ मत आवश्यक पर्छ ।

स्वतन्त्र सांसद दिपक मनाङे बैठकमा उपस्थित भएनन् । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा बैठकमा उपस्थित भए पनि तटस्थ बस्दै मतदानमा सहभागी भएनन् ।

प्रदेश सभामा ठूलो दलको हैसियतले अल्पमतमै मुख्यमन्त्री नियुक्त भएका गुरुङले विश्वासको मत नपाएसँगै स्वतः पदमुक्त भएका छन् । अब नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख कार्यालयबाट प्रक्रिया अगाडि बढ्नेछ ।

मुख्यमन्त्री गुरुङको विपक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा) रहेका छन् । संघमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहेका दलहरू प्रदेशमा समेत एकजुट भएर एमालेलाई एक्ल्याउँदै गएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्