२२ असार २०८३, सोमबार

कांग्रेसले भन्यो – होसियार, शितलनिवासको झै षड्यन्त्र पोखरामा नदोहोरियोस् !

कांग्रेसले भन्यो – होसियार, शितलनिवासको झै षड्यन्त्र पोखरामा नदोहोरियोस् !

नेपाली कांग्रेसले गण्डकी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिमा भइरहेको ढिलाप्रति खबरदारी गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गर्दै यसअघि शितलनिवासमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगरेर षड्यन्त्र भएकोृ स्मरण गर्दै पोखरामा नदोहोरियोस् भनेका छन् ।

विज्ञप्तिमा शर्माले लेखेका छन्, ‘होसियार, शितलनिवासको झै षड्यन्त्र पोखरामा नदोहोरियोस् ! बहुमत हस्ताक्षर अनुरूप पोखरेललाई अविलम्ब मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई आग्रह ।’

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सभाका बहुमत ३१ सांसदसहित नयाँ मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समेत मुख्यमन्त्रीमा दाबी पेश गरेपछि गण्डकीमा तरङ्ग उत्पन्न भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्