१४ असार २०८३, आइतबार

अमेरिकी अध्ययनको निष्कर्ष : लक्षण नदेखिए पनि कोरोनाले लामो समयसम्म यसरी दुःख दिन्छ

असार ३, २०७८
अमेरिकी अध्ययनको निष्कर्ष : लक्षण नदेखिए पनि कोरोनाले लामो समयसम्म यसरी दुःख दिन्छ

कोरोना भाइरस संक्रमणका बारेमा संसारभर विभिन्न अध्ययन भइरहेका छन् । अमेरिकामा हालै गरिएको एक अध्ययनले लक्षण नदेखिएका संक्रमितलाई समेत कोरोनाले लामो समयसम्म दुःख दिने निष्कर्ष निकालिएको छ ।

संक्रमणलगत्तै लक्षण नदेखिएका व्यक्तिमा समेत लामो समयसम्म संक्रमण रहने र १ महिनापछि नयाँ–नयाँ समस्या देखिने गरेको अध्ययनको निष्कर्ष छ ।

अमेरिकी गैरसरकारी संस्था फेयर हेल्थले १९ लाख व्यक्तिमा गरेको अध्ययनबाट लक्षण विनाको संक्रमणले लामो समयसम्म दुःख दिने निष्कर्ष निकालिएको हो । बीमा रकम दाबी गर्दै आएका १९ लाख संक्रमितमा फेयर हेल्थले अध्ययन गरेको थियो ।

हेल्थका अध्यक्ष रबिन गेलबर्डका अनुसार लामो कोभिड ४ हप्ताभन्दा बढी समयसम्म रहन्छ । ‘लामो कोभिड देखिएका व्यक्तिमा घाँटी र श्वासमा समस्या, बेचैनी, थकाइ लाग्ने, उच्च रक्तचाप लगायत सदस्य देखियो,’ अध्यक्ष गेलबर्डले भने । लामो समयसम्म रहने कोभिडमा ‘नेगेटिभ’ रिपोर्ट आएर अस्पतालबाट डिस्चार्ज गरिसकेपछि पनि मर्ने सम्भावना रहेको अध्ययनले जनाएको छ ।

शुरूमा लक्षण नभएका कोरोना संक्रमित ३० दिनपछि लामो कोभिड लक्षणसहित अस्पताल भर्ना भएका अध्ययनमा पाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्