२२ असार २०८३, सोमबार

विश्वासको मत माग्दै मुख्यमन्त्री पोखरेलले भने– एमालेका साथीहरुबाट पनि समर्थन प्राप्त गर्ने आशा गरेको छु

विश्वासको मत माग्दै मुख्यमन्त्री पोखरेलले भने– एमालेका साथीहरुबाट पनि समर्थन प्राप्त गर्ने आशा गरेको छु

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेश सभाको स्थायित्वका लागि नेकपा एमालेले पनि समर्थन मागेका छन् ।

गण्डकी प्रदेश सभामा शुक्रवार विश्वासको मत माग्दै पोखरेलले आफूसँग बहुमत रहेपनि एमालेका सांसदसँग समर्थनको लागि आग्रह गरेका हुन् । 

‘सदनलाई विघटन तर्फ जान नदिनको लागि र सदनको स्थायित्वको लागि हाम्रो गठबन्धनका साथीहरुले त मलाई विश्वासको मत दिनुहुन्छ, देव्रेतिर बस्ने –विपक्षी एमाले) साथीहरुसँग पनि समर्थनको लागि आग्रह गर्छु’ पोखरेलले भने । 

नेकपा एमालेका मायानाथ अधिकारीले मुख्यमन्त्री पोखरेललाई समर्थन गर्न नसकिने बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्