१६ असार २०८३, मंगलबार

ढुङ्गा लागेर बालक गम्भीर घाइते

ढुङ्गा लागेर बालक गम्भीर घाइते

जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ सिरखोलीसैनका ११ वर्षीय बालक दीपक बिक पहिरोबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार आज दिउँसो गाउँ नजिकैको जङ्गलमा बाख्रा चराउन गएका बेला माथीबाट पहिरो आउँदा उनको टाउकामा ढुङ्गा लागेर गम्भीर घाइते भएका हुन् ।
घाइते बिकलाई उचारका लागि दिपायल राजुरीमा रहेको सुजङ अस्पताल लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी पठाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्