
डडेलधुरा परशुराम नगरपालिकाकी स्वास्थकर्मी अस्मिता धामीको शव मुख कहिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।
परशुराम नगरपालिका–८ जमरानी स्वास्थ्य केन्द्रमा कार्यारत स्वास्थ्यकर्मी २६ बर्षीया अस्मिता धामीको ४ गरे प्रहरीले घटना स्थलमा शरीरको अन्य भाग सकुशल रहेको र मुखमा चोटपटकका कारण कुहिएको अवस्थामा फेला परेको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी योगेन्द्र सिँह थापाले बताए ।
‘उहाँको शरीरको अन्य भाग सामान्य अवस्थामा थियो । मुखको भागको मासु गलेको अवस्थामा भएकाले मुखमा के भएको भन्ने पत्ता लागेको छैन्, एसपी योगेन्द्रले लोकान्तरसँग भने ।
प्रहरीले घटनास्थलको मुचुल्का पछि शव स्थानिय जोडमुडा अस्पतालमा राखेको छ । भने अहिलेसम्म शवको पोष्टमार्टम नभएको एसपी थापाले बताए ।
अहिले घटनाको अनुसन्धानको लागि संघीय प्रहरी इकाई कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट २ वटा छुट्टाछुट्टै टोली खटिएको छ ।
प्रदेश प्रहरी कार्यालयले सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) को टोली खटाएको छ ।
गत २ गते स्वास्थ्य सामग्री पु¥याउन जोगबुडा अस्पताल जाने क्रममा धामी बेपत्ता भएकी थिइन् भने प्रहरीले स्थानिय हट्वानी सामुदायिक बनमा शनिवार (असार ४ गते) शव फेला पारेको थियो ।