०२ साउन २०८३, शनिबार

बुधबारदेखि मौसम थप प्रतिकुल बन्ने, सचेत रहन आग्रह

बुधबारदेखि मौसम थप प्रतिकुल बन्ने, सचेत रहन आग्रह

बुधबारदेखि  मनसुनी न्युन चापीय रेखा नेपालको तराई नजिक रहेर मौसम थप प्रतिकुल बन्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण मनसुन सक्रिय भई प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा  भारी वर्षाको सम्भावना रहेको महाशाखाको विशेष बुलेटिनमा उल्लेख छ ।

उक्त प्रदेशहरुको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ भने नदीनाला तथा खोलाहरुमा पानीको सतह बढ्न सक्ने महाशाखाको भनाइ छ ।  यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको सबैमा अनुरोध छ ।
 

salt training

कमेन्ट गर्नुहोस्