१४ असार २०८३, आइतबार

एमाले स्थायी कमिटीको बैठक बस्दै

एमाले स्थायी कमिटीको बैठक बस्दै
फाइल फोटो

महाधिवेशन आयोजक कमिटी बैठकको तयारी गर्न नेकपा एमाले स्थायी कमिटीको बैठक मंगलवार बस्दैछ ।

बुधवार बस्ने आयोजक कमिटीको बैठकको तयारी स्वरूप मंगलवार साँझ स्थायी कमिटीको बैठक बस्न लागेको एक सदस्यले लोकान्तरलाई जानकारी दिए । 

पार्टीलाई जेठ २ गतेको अवस्थामा फर्काएको निर्णय गर्न बुधवारका लागि एमालेले महाधिवेशन आयोजक कमिटी बैठक बोलाएको छ । पार्टीमा देखिएको असन्तुष्टि सम्बोधन गर्न जेठ २ गतेको संरचना ब्यूँताउने निर्णय यसअघिको स्थायी कमिटी बैठकले गरेको थियो । 

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले जेठ २३ गते गरेको अपीलको आधारमा पार्टी एकताका लागि पहल जारी गरेको ती नेताले बताए । जेठ २ गतेको अवस्थाको संरचनामा फर्केपछि बैठकमा माधव नेपाल पक्षका केही नेताहरू बैठकमा सहभागी हुने संस्थापन पक्षको विश्वास छ । 

salt training

कमेन्ट गर्नुहोस्