२२ असार २०८३, सोमबार

तीन बुँदे सहमतिप्रति सरकार इमान्दार भएनः विप्लव समूहका नेता

तीन बुँदे सहमतिप्रति सरकार इमान्दार भएनः विप्लव समूहका नेता

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक प्रभावशाली नेता माइला लामाले सरकार आफ्नो पार्टीसँग भएको तीन बुँदे सहमतिप्रति इमान्दार नभएको बताएका छन् । उनले सरकारले सहमति कार्यान्वयन नगरेका कारण आफ्नो पार्टीका नेता कार्यकर्ता जेलमै रहेको बताए ।
“सरकार इमान्दार भएन भने, नेपालका राजनीतिक जनताका समस्या समाधानतिर अग्रसर भएन भने आँधिबेहरी आउन सक्छ”, उनले भने, “वर्तमान व्यवस्थाप्रति जनता सन्तुष्ट छैनन्, सरकार र राजनीतिक पार्टी जनताप्रति जिम्मेवार बन्नु पर्छ ।”
बुधबार नेकपा निकट अखिल क्रान्तिकारीले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै लामाले आफ्नो पार्टीले अहिले देखिएका समस्याको हल गर्ने अधिकार जनतालाई दिन आफ्नो पार्टीले प्रतिशिल सरकार, जनतमत संग्रह र वैज्ञानिक समाजवाद अगाडि सारेको बताए ।
नेकपाको काठमाडौँ जिल्ला इन्चार्ज समेत रहेका मालाले फरक विचारकै कारण आफूलाई गिरफ्तार गरेर झुटा मुद्धामा २२ महिना हिरासत र जेलमा राखेको बताए । उनले जेल जीवनलाई सिर्जनात्मक कार्यमा लगाउँदा समय अपुग हुने गरेको अनुभूती सुनाए । लामाले बम, बारुदलाई जितेर आएकाहरुको पार्टी भएकोले जनताको लागि बलिदान गर्न तयार भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्