२२ असार २०८३, सोमबार

एमाले केन्द्रीय कमिटी बैठक आजलाई सकियो, भोलि दिउँसो ३ बजे पुन: बस्ने

एमाले केन्द्रीय कमिटी बैठक आजलाई सकियो, भोलि दिउँसो ३ बजे पुन: बस्ने

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजका लागि सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको प्राङ्गणमा बसेको बैठक भोलि (शनिवार) दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको हो ।

आजको बैठकले माधव नेपाल पक्षलाई शेरबहादुर देउवाको पक्षमा गरिएको हस्ताक्षर फिर्ता लिन २ दिनको अल्टिमेटम दिएको छ ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूले हरसम्भव प्रयास गरेपनि माधव नेपाल एकताको पक्षमा नरहेको बताएका थिए ।

‘मैले माधव कमरेडलाई हिजो साँझ फोन गरेर छलफलमा आउनुस् भनें, उहाँले मान्नुभएन,’ ओलीले भने, ‘जवाफमा नेपालले तपाईंको फोन उठाउनै मन थिएन, साथीहरूले कर गरेर मात्र उठाएको हो भन्नुभयो ।’

बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका थिए । यसअघिका बैठकमा उनी पनि अनुपस्थित हुने गरेका थिए ।

बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले पार्टी एकताको जिम्मा आफूलाई दिन माग गरे ।

आफूलाई जिम्मा दिए दुवै पक्षलाई मान्य हुने गरी पार्टी मिलाउने उनको जिकिर थियो ।

salt training

कमेन्ट गर्नुहोस्