
नेपालमा कोरोनाभाइरस (कोभिड - १९) का २ हजार २ सय ९९ संक्रमित थपिएका छन् ।
पीसीआर र एन्टीजेन विधिबाट कुल १० हजार ५ सय ९६ नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३४ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ९ हजार १ सय ७९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५१ जना संक्रमण मुक्त भएका छन् ।