२९ जेठ २०८३, शुक्रबार

कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले असार भित्रै काम सक्ने

कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले असार भित्रै काम सक्ने

नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले असार मसान्त भित्र सम्पुर्ण काम सम्पन्न गर्ने गरि काममा तिब्र दिएको छ ।

कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिए संगै क्रियाशील सदस्य छानविन समितिलाई समय मै काम सम्पन्न गर्न  दबाब बढेको छ ।

देशैभरिका स्थानीय पालिकाको वडा वडाबाट सिफारिस हुने क्रियाशील सदस्यमा उजुरी परेपछि छानविन समितिलाई टुंगो लगाउन समस्या परेको थियो ।

पुराना सदस्यहरुको क्रियाशील सदस्यको नवीकरणमा समस्या नभएपनि नयाँ सदस्य र विभिन्न पार्टीहरू एकिकरण भई समायोजनमा आएकाहरुमा विवाद देखिएको छ ।

क्रियाशील सदस्यको सूची प्रमाणित गरेर वडा, गाउपालिका नगरपालिका प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला कार्यसमिति हुदै केन्द्रमा आउनुपर्ने व्यवस्था छ । छानविन समितिका सदस्य एवं केन्द्रीय सदस्य श्याम प्रसाद घिमिरेले प्राप्त विवरणहरूलाई हेर्दा धेरै ठूलो समस्या नरहेको र तोकिएको समयमा छानविन गरि विवरण सभापतिलाई बुझाउन सकिने बताए ।

प्राविधिक कामको चापलाई घटाउने काम गर्दै काम भईरहेको पनि उनले बताए । समितिमा प्राप्त भएको विवरणमा परेको उजुरीलाई पनि समयमै छानविन गरि टुंगो लगाउने समिति सदस्य घिमिरेले बताए ।

नेपाली कांग्रेसको क्रियाशील सदस्य करिब ९ लाख पुग्ने अनुमान गरिएको छ । नेपाली कांग्रेसको संगठनमा क्रियाशील सदस्यलाई सक्रिय कार्यकर्ता मानिन्छ । छानविन समितिलाई प्राप्त भएको नामावली विवरण हेर्दा युवाहरुको ठूलो हिस्सा कांग्रेसमा रहेको समिति सदस्य घिमिरेले बताए ।

प्राप्त विवरणमा ३० देखि ५० बर्षको उमेर समूहका सबै भन्दा बढी ४० प्रतिशत रहेको पाईएको समिति सदस्य घिमिरेले जानकारी दिए । कांग्रेसमा नेतृत्व विकास क्रमशः युवा पुस्तामा सर्दै गएको क्रियाशील सदस्यहरुको विवरणले देखाएको घिमिरेले बताए ।

कांग्रेसको महाधिवेशन आगामी भदौ २३ गते भित्र अनिवार्य रुपमा गरिसक्नुपर्ने छ । यसैमा महाधिवेशन तयारीका कामहरु पनि भइरहेका छन् । नेपाली कांग्रेसमा क्रियाशील सदस्यहरुले महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य छानेर पठाउने छन् भने केन्द्रीय समितिका सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ ।

कांग्रेसको १४ औ महाधिवेशन आगामी भदौ १६ देखि १९ गते सम्म काठमाण्डौमा हुनेछ । कांग्रेसको १३ औ महाधिवेशन २०७२ फागुनमा काठमाण्डौमा भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्