×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री ओलीको सम्बोधन

जनादेश मेरो पक्षमा थियो, परमादेश देउवाजीको पक्षमा भयो : केपी ओली

असार २९, २०७८

NTC
Premier Steels

प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश आफ्नो पक्षमा हुँदाहुँदै पनि परमादेश नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा आएकाले सरकारबाट बाहिरिनुपरेको बताएका छन् ।

Muktinath Bank

सर्वाेच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि देशवासीलाई सम्बोधन गर्दै ओलीले भने, ‘जनताको जनादेशले होइन, सर्वाेच्चको परमादेशले बाहिरिनुपर्‍यो । जनादेश मेरो पक्षमा थियो, परमादेश देउवाजीको पक्षमा भयो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारबाट बाहिरिनुपर्दा रत्तिभर चिन्ता नरहेको ओलीले बताए । ‘मलाई रत्तिभर चिन्ता छैन । मैले देश र जनताप्रति इमान्दारिताका साथ समृद्धि, सुशासन, विकासलाई ध्यान राखेर काम गरेको छु,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

उनले एउटै दलका सदस्य सत्ता र प्रतिपक्ष बन्ने परिकल्पना लोकतन्त्रमा नगरिने बताए । ओलीले सर्वाेच्चको अपब्याख्याले पछि फर्किने गरी संविधानको संशोधन गरेको बताए ।

Vianet communication

सर्वाेच्चले धारा ७६(५) मा दलीय ह्वीप नलाग्ने फैसला गरेपछि ओलीले असन्तुष्टि व्यक्त गरेका छन् । 

‘यस राजनीतिक विकृतिको मूल्य चुकाउनुपर्नेछ । अत्याधिक न्यायिक सक्रियता देखियो,’ उनले भने ।

ओलीले प्रतिनिधिसभा पुनःस्थापना गर्दै सर्वाेच्च अदालतले गरेको फैसलाको भाषाले चिन्तित तुल्याएको बताए । उनले सर्वाेच्चको फैसलाका असर लामो समयसम्म रहिरहने बताए ।

‘लोकतन्त्रको रक्षामा यी फैसला सहयोगी रहे कि असहयोगी ? यसबाट दलीय व्यवस्था बलियो भयो कि कमजोर ? यसको समीक्षा भविष्यले गर्ने नै छ,’ उनले भने ।

फैसलाको पालना गर्ने विषयमा पार्टी स्पष्ट रहेपनि फैसलाको भाषाले चिन्तित तुल्याएको उनले बताए । निर्वाचन लोकतन्त्रको प्राणवायु भएपनि जनतामा जाने कार्यलाई निरंकुश भन्ने प्रचारबाजी भएको गुनासो उनले गरे ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x