
नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन वैद्य किरण र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच शनिबार भेटवार्ता भएको छ ।
भेटका क्रममा क्रान्तिकारी ध्रुवीकरण, संयुक्त मोर्चा र समसामयिक राजनितिक बिषयमा छलफल भएको विप्लवले जानकारी दिए ।
‘नेकपा क्रान्तिकारी माओवादीका महासचिव कमरेड मोहन बैद्य किरणसँग भेटघाट, क्रान्तिकारी ध्रुवीकरण, संयुक्त मोर्चा र समसामयिक राजनितिक बिषयमा छलफल’, विप्लवले वैद्यसँगको भेटवार्ताको तस्बिर पोस्ट गर्दै सामाजिक सञ्जालमार्फत भनेका छन् ।
विप्लवले दुई दिनको बीचमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेता माधव नेपाल, जसपा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईसँग पनि भेटवार्ता गरेका थिए ।