३१ असार २०८३, बुधबार

कांग्रेसमा क्रियाशील सदस्यता विवाद : आमरण अनशन बस्दै नेता कार्यकर्ता

कांग्रेसमा क्रियाशील सदस्यता विवाद : आमरण अनशन बस्दै नेता कार्यकर्ता

नयाँ क्रियाशिल सदस्यता वितरणमा धाँधली गरेको भन्दै आइतवारदेखि नेपाली कांग्रेसका धनुषाका नेताहरूले आमरण अनशन शुरू गर्ने भएका छन् । 

नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यतामा पार्टीको विधान  तथा प्रक्रिया मिचेर नयाँ सदस्यता वितरण गरेको भन्दै उनीहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन शुरू गर्न लागेका हुन् । 

आमरण अनसन बिहान ११ः३० देखि बस्ने निर्णय भएको बताइएको छ । 

अनशनमा पूर्व सांसद डा. चन्द्रमोहन यादव, महासमिति सदस्य राम पल्टन साह, तरुनदल जिल्ला कार्यसमिति सदस्य दिनेश नायक बस्दैछन् । 

उनीहरूलाई पूर्व सांसद प्रेम किशोर प्रसाह साह, महाधिवेशन प्रतिनिधि राम उदय यादव लगायत ७ नेताहरूको समर्थन छ । 


 

salt training

कमेन्ट गर्नुहोस्