×

NMB BANK
NIC ASIA

माधव पक्षका क-कसले दिने भए देउवालाई विश्वासको मत ?

साउन ३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेमा माधवकुमार नेपाल पक्षका अधिकांश सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन् । 

Muktinath Bank

एमालेको विवाद मिलाउने कार्यदलमा रहेका केही नेताले १० बुँदे सहमतिअनुसार पार्टीको विवाद मिलाउनेतर्फ जानुपर्ने बताएका भए पनि धेरैले संसद्, लोकतन्त्र र संविधान जोगाउन देउवालाई विश्वासको मत दिनुपर्ने पक्षमा छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल पक्षका नेता विरोध खतिवडाले त एमालेबाट ४० जना सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने दाबी गरे । ‘अदालतको फैसला आएदेखि नै हामी संसद् जोगाउनु पर्छ भनेर लागेका छौं । सुरूदेखिको अभियानमा कुनै फेरबदल भएको छैन । एमालेबाट ४० जनाले प्रधानमन्त्रीलाई विश्वासको मत दिनेछन् ।’


Advertisment
Nabil box
Kumari

विवाद समाधान कार्यदलमा रहेका नेताहरू भीम रावल, सुरेन्द्र पाण्डेलगायतका नेताहरू संस्थागत निर्णय गरेर जानुपर्ने बताइरहे पनि धेरै सांसदले भने पक्षमा मत दिने भएका छन् । 

Vianet communication
Laxmi Bank

एमालेका वरिष्ठ नेता माधव नेपाललाई भेट्न गएका कार्यदलका सदस्यहरूलाई माधव नेपाल स्वंयले आफू एक्लै भए पनि देउवालाई विश्वासको मत दिने प्रतिक्रिया दिएर पठाएका छन् । रामकुमारी झाँक्रीले देउवालाई विश्वासको मत दिनु आफूहरूको कर्तव्य भएको बताएकी छन् ।

सांसद झपट रावलले आफूहरूको कार्यभार संसद्को निरन्तरता र आत्मसम्मानसहितको पार्टी एकता रहेको बताएका छन् ।  

त्यससँगै, सांसदहरू विरोध खतिवडा, मेटमणि चौधरी, सरला यादव, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, कल्याणी खड्का, मुकुन्द न्यौपाने, कलिला खान, यज्ञराज सुनुवार, दीपकप्रकाश भट्ट, निरा जैरू, पुष्षा कर्ण कायस्थहरू प्रधानमन्त्री देउवाको पक्षमा मत हाल्न तयार छन् । 

सांसद मेटमणि चौधरीले ३५ भन्दा बढी एमाले सांसदले प्रधानमन्त्री देउवाको पक्षमा विश्वासको मत दिने दाबी गरेका छन् । 

नेपाल समूहमा रहेका भीम आचार्यले भने एमाले फुटाउने उद्देश्यले हतारमा प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको प्रतिक्रिया दिएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x