२२ असार २०८३, सोमबार

कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटललाई प्रभु बैंकको सहयोग

कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटललाई प्रभु बैंकको सहयोग

प्रभु बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंको बसुन्धारास्थित कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटललाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। 

मंगलबार एक समारोहकाबीच प्रभु बैंक लि. को बबरमहस्थित केन्द्रीय कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र कान्तिपुर डेण्टल अस्पतालका तर्फबाट सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठकाबीच सहयोग  सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ। 

प्रभु बैंक लि. बाट उपलब्ध गराइएको आर्थिक सहयोगमा कान्तिपुर जनरल एण्ड डेण्टल अस्पतालमा अत्याधुनिक स्वास्थ्य सामाग्रीहरु खरिद गर्ने र आर्थिक अभावका कारण स्वास्थ्य उपचार गर्न कठिनाई भोगिरहेका आर्थिक रुपमा विपन्न विरामीहरुको निःशुल्क उपचार गर्ने अस्पतालको योजना रहेको जनाएको छ। 

यसबाट कान्तिपुर जनरल एण्ड डेण्टल अस्पतालमा उपचारका लागि आउने विरामीहरुले अत्याधुनिक स्वास्थ्य सामाग्रीहरुको मद्दतबाट स्वास्थ्य सेवा उपभोग गर्न सक्नेछन् भन्ने बैंकले विश्वास लिएको छ। 

salt training

कमेन्ट गर्नुहोस्