
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको ३ बुँदे सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार सकारात्मक देखिएको जनाइएको छ ।
नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले बुधवार प्रधानमन्त्री देउवा र गृहमन्त्रीसँगको भेटवार्ता प्रभावकारी र महत्त्वपूर्ण भएको जनाएका छन् ।
प्रकाण्डले फेसबूक पेजमा लेखेका छन्, ‘नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्रीबीच ओली सरकारसँगको ३ बुँदे सहमतिको कार्यान्वयन र नेकपाका नेता/कार्यकर्ताको रिहाइबारे छलफल । देशको राजनीतिक समस्या विषयमा बहस गर्दै जाने विषयमा छलफल । सरकार ३ बुँदे सहमतिको कार्यान्वयनमा सकारात्मक ।’