२१ असार २०८३, आइतबार

एमालेमै ‘सम्मानजनक एकता’ खोज्ने नेपाल पक्षको निष्कर्ष, कार्यदल फेरि सक्रिय बनाइने

एमालेमै ‘सम्मानजनक एकता’ खोज्ने नेपाल पक्षको निष्कर्ष, कार्यदल फेरि सक्रिय बनाइने

नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षले पार्टीमा सम्मानजनक एकता खोज्ने निष्कर्ष निकालेको छ ।

बुधवार नेपाल पक्षका केन्द्रीय कमिटी सदस्य र सांसदहरूको भेलाले पार्टी एकतामा जोड दिने निष्कर्ष निकालेको सचिव योगेश भट्टराईले जानकारी दिए ।

‘सम्मानजनक एकता गर्न कार्यदल पुनः सक्रिय बनाउने र एकताका लागि पहल गर्ने छलफल भयो,’ सचिव भट्टराईले लोकान्तरसँग भने, ‘एकताका लागि कार्यदलले पार्टी अध्यक्षसँग कुरा गर्नेछ ।’

भेलामा पार्टीमा विवाद र आरोप–प्रत्यारोप गरेर एकता बिगार्नतिर नलाग्न नेता–कार्यकर्तालाई सुझाव दिइएको छ ।

भेलापछि नेता नेपाल उपाध्यक्ष भीम रावललाई भेट्न उनकै निजी निवास पुगेका थिए । उपाध्यक्ष रावल नेता नेपालको पक्षबाट कार्यदल संयोजक रहेका थिए ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको एमाले केन्द्रीय कमिटी बैठकले कार्यदलले गरेको १० बुँदे सहमतिलाई अनुमोदन गर्दै कार्यदल विघटन गरिसकेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्