उमेश श्रेष्ठले लिए स्वास्थ्य राज्यमन्त्रीको शपथ, ६ सदस्यीय बन्यो देउवा मन्त्रिमण्डल

नेपाली कांग्रेसका समानुपातिक सांसद उमेश श्रेष्ठले स्वास्थ्य राज्यमन्त्रीको शपथ लिएका छन् । 


Advertisement

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई राज्यमन्त्रीको शपथ गराएका हुन् । 


Advertisement

कोरोना महामारीको समयमा लामो समय स्वास्थ्य मन्त्रालय रिक्त हुँदा खोप लगायतका काम प्रभावित बनेको भन्दै स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले गुनासो गरेपछि देउवाले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका हुन् । श्रेष्ठले राज्यमन्त्रीको शपथ लिएपछि देउवा मन्त्रिपरिषद् ६ सदस्यीय बनेको छ । 

असार २९ गते प्रधानमन्त्रीको शपथ लिएलगत्तै देउवाले कांग्रेसका दुई र माओवादीका दुई जनालाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेका थिए । 


Advertisement

राज्यमन्त्री श्रेष्ठले आजै स्वास्थ्य मन्त्रालयमा गएर पदभार सम्हाल्ने तयारी गरेका छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्