![नेपालमा आयो 'स्कोडा कुशक', यस्ता छन् विशेषता [फोटो/भिडियो]](https://lktcdn2.prixacdn.net/media/Skoda_06_MHBH6Mmv3O.jpg)
नेपालका लागि स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतीक्षित एसयूभी स्कोडा कुशक नेपाली बजारमा ल्याएको छ ।
कम्पनीले ५ भेरिएन्टमा युरोपियन एसयुभी स्कोडा कुशक नेपाली बजारमा ल्याएको हो ।
एक्टिभ, एम्बिसन र स्टाइल गरी ३ ट्रिम र ५ भेरियन्टमा उपलब्ध हुने कुशकको मूल्य ४९ लाख ९० हजार रुपैयाँदेखि ६५ लाख ९० हजार रुपैयाँसम्म तोकिएको छ।

यसअनुसार कुशक एक्टिभ एमटी ४९ लाख ९० हजार, एम्बिसन एमटी ५३ लाख ९० हजार, एम्बिसन एटीको ५८ लाख ९० हजार, स्टाइल एमटीको ६० लाख ९० हजार र स्टाइल एटीको ६५ लाख ९० हजार मूल्य रहेको छ।
पाली बजारमा आइतवारदेखि यसको सिंक रिभ्यु गरिएको छ ।


औपचारिक रूपमा सार्वजनिक भने बिहीवार गर्ने एमएडब्लुले जनाएको छ ।
कम्पनीले ग्राहकलाई कुशकको टेस्ट ड्राइभ गर्न समेत दिएको छ। रोबस्ट र मस्कुलर लुक रहने कुशकले नेपाली गाडीप्रेमीको मन जित्ने कम्पनीले विश्वास गरेको छ।
कुशकको अगाडिको भागमा चौडा र स्कोडा ग्रिल, डुअल हेलाइट सेटअप, एलईडी डिआरएल र फग ल्याम्प हुनेछ। साथै रुफ रेल र १७ इन्चको डाइमन्ड कट एलोइ ह्विल हुनेछ।
पछाडिको भागमा स्प्वाइलर, फक्स लिस्भर डिफ्युजर, र्याप–अराउन्ड एलडी टेललाइट रहने कम्पनीले जनाएको छ ।
यसमा १०.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, सनरुफ, भेन्टिलेटेड सिट, एम्बायन्ट लाइटिङ, कुल्ड ग्लोबबक्स, ५० वाटको सबवुफरसहितको सिक्स स्पिकर पनि रहनेछ।
साथै, सुरक्षाका लागि गाडीमा ६ एअरब्याग, रियर पार्किङ क्यामेरा, आइसोफिक्स चाइल्ड सिट माउन्ट, अटो हेडल्याम्प र वाइपर र मल्टिकोलिजन ब्रेकिङ सिस्टम रहेको छ।

ईएससी सबै भेरिएन्टमा हुनेछ जुन सेग्मेन्टमै पहिलो हो। यसले स्पिडमा आएको गाडी चिप्लने, पल्टने समस्या हुँदैन। गाडीको टायर प्रेसर मनिटरिङ र हिल होल्ड असिस्ट पनि हुनेछ।
स्कोडा कुशकमा १.० लिटरको सबैभन्दा बढी पुरस्कृत टीएसआई इन्जिन हुनेछ जसले ११५ बीएचपी र १७८ एनएम टर्क उत्पन्न गर्नेछ जुन सेग्मेन्टमै सबैभन्दा बढी हो।
टीएसआई इन्जिन ६ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुनेछ।



भिडियो