काठमाडौं, २७ जेठ– दोस्रो चरणको स्थानीय तहको निर्वाचन अगाडि संविधान संशोधन नभए चुनावमा सहभागी नहुने बताइरहेका राष्ट्रिय जनता पार्टी (राजपा)का शीर्ष नेताहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले वार्ताका लागि भन्दै आज सिंहदवारमा बोलाएका छन् ।
हिजो (शुक्रवार)को संसद बैठकमा चुनाव अगाडि संविधान संशोधन हुन नसक्ने बताएका देउवाले छलफलका लागि भन्दै आज राजपाका नेताहरुलाई सिंहदरवारमा बोलाएका हुन् ।
राजपाका नेताहरुले भने संविधान संशोधन नभइ आफूहरु कुनै पनि हालतमा चुनावमा सहभागी नहुने र चुनाव विथोल्ने आन्दोलन घोषणा गर्ने पनि चेतावनी पनि दिइरहेका छन् ।
देउवाको निजी सचिवालयका अनुसार चुनावपछिको संशोधनमा प्रमुख प्रतिपक्षी एमालेको समेत साथ पाइने भन्दै राजपा नेतालाई आश्वस्त बनाने प्रयास गर्ने बुझिएको छ । बैठकमा प्रमुख सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि सहभागी हुने जनाइएको छ ।