१६ असार २०८३, मंगलबार

सडक भासिँदा जयपृथ्वी राजमार्ग अवरुद्ध

साउन १८, २०७८
सडक भासिँदा जयपृथ्वी राजमार्ग अवरुद्ध
प्रतिकात्मक तस्वीर

लगातारको वर्षाका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेकमा सडक भासिँदा सवारी आवतजावत अवरुद्ध भएको हो ।  

सडक भाँसिएर भत्किएकोले बिहानदेखि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।

आइतवार साँझदेखि आंशिक रूपमा बन्द रहेको राजमार्ग सोमवार बिहानदेखि पूर्ण रूपमा बन्द रहेको छ । 

भाँसिएको सडक भत्काएर किनारबाट पर्खाल लगाउने कार्य भइरहेको प्रवक्ता ओझाले जानकारी दिए । उनले भने, ‘पर्खाल निर्माण गर्न २/३ दिन लाग्ने देखिएको छ, त्यसपछि मात्रै राजमार्ग सञ्चालनमा आउँछ ।’

राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौं, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडी लगायतका स्थानका लागि छुटेका १०० भन्दा बढी सवारीसाधन रोकिएपछि यात्रु अलपत्र परेका छन् ।  

वर्षात्को समयमा पहिरोका कारण जयपृथ्वी राजमार्ग बेलाबेला अवरुद्ध हुने गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्