२३ जेठ २०८३, शनिबार

कोरोना अपडेट : थपिए ३२१८ संक्रमित, १९ जनाको मृत्यु

कोरोना अपडेट : थपिए ३२१८ संक्रमित, १९ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा तीन हजार २१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २३१ पीसीआर र ९८७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यससँगै नेपालमा हालसम्म ७ लाख ८० हजार ८०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार ३८ पुगेको छ । 

मन्त्रालयका अनुसार थप एक हजार ७२२ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ६ लाख ६७ हजार २७० पुगेको छ । 

हाल मुलुकभर ३५ हजार ४३२ सक्रिय संक्रमित छन् । 

salt training

कमेन्ट गर्नुहोस्