३० असार २०८३, मंगलबार

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गर्दै सत्तापक्ष नै सर्वोच्चमा

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गर्दै सत्तापक्ष नै सर्वोच्चमा

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वानविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । एमालेका प्रदेश सांसद लीला गिरीले रिट दायरले गरेका हुन् । 

रिटमा विशेष अधिवेशन आह्वान रोक्न माग गरिएको छ । 

आइतवार सोही सम्बन्धी कानून व्यवसायी प्रवेश केसीको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको थियो । 

विपक्षी गठबन्धनका ३४ सांसदले विशेष अधिवेशनको मागसहित प्रदेश प्रमुख अमिक शेरचनलाई समावेदन पेश गरेपछि शेरचनले अधिवेशन आह्वान गरेका थिए । 

साउन २७ गते प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरिएको छ । विशेष अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय हुने छ । 

मुख्यमन्त्रीविरुद्ध तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता गरिएको हो । लुम्बिनीमा मुख्यमन्त्री अहिले अल्पमतमा छन् ।

जसपाका तीन जना सांसदको मुद्दा किनारा नलाग्दै अधिवेशन आह्वान गरिएको प्रति सत्तापक्षले असहमति जनाउँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्