२२ असार २०८३, सोमबार

भारतमा पहिरोमा फसेकाहरूको उद्धारकार्य जारी

साउन २८, २०७८
भारतमा पहिरोमा फसेकाहरूको उद्धारकार्य जारी

भारतको हिमाचल प्रदेशमा रहेको किन्नौर जिल्लामा पहिरो आएपछि त्यसमा फसेका मानिसको खोजी तथा उद्धार बिहीवार पनि भइरहेको छ । 

पहिरोका कारण १३ जनाको ज्यान गइसकेको छ । 

राजमार्गमा पहिरो जाँदा एउटा बस, ट्रक र दुईवटा कार ध्वस्त भएका थिए । बसमा रहेका कैयौं व्यक्ति अझै पनि त्यहीँ फसिरहेको प्रहरीले जनाएको छ । 

प्रहरी र अर्धसैनिक बल समेत गरी १०० भन्दा बढी उद्धारकर्तालाई हिलो हटाएर उद्धारका लागि खटाइएको छ । उनीहरूले चारवटा अर्थ रिमुभर यन्त्र उपयोग गरिरहेका छन् । 

घटनाको भिडियोमा डाँडाबाट पत्थरहरू खसिरहेको र राजमार्गमा गुडिरहेका गाडीमाथि बज्रिएको देखिन्छ । 

कुल १४ जनाको उद्धार गरिएको खोजीमा संलग्न अर्धसैनिक बलका एक प्रवक्ता विवेक कुमार पाण्डेले बताए । उनीहरू गम्भीर घाइते नभएको र विभिन्न लगिएको जानकारी जिल्ला प्रशासक आबिद हुसेन सादिकले बताए । 

मुसलधारे वर्षा हुँदा हिमाचल प्रदेशमा विगत केही हप्तामा अनेकौं पहिरो गएका छन् । 

भारतमा मनसूनको समयमा पहिरो र बाढी आउने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्