२२ जेठ २०८३, शुक्रबार

‘प्रहरी हौँ’ भन्दै पैसा माग्ने र कुटपिट गर्ने दुई जना पक्राउ

‘प्रहरी हौँ’ भन्दै पैसा माग्ने र कुटपिट गर्ने दुई जना पक्राउ

झापामा सादा पोसाकका प्रहरी हौँ भन्दै पैसा माग्ने र कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा कन्काई नगरपालिका–७ का ४० वर्षीय विकास उप्रेती र बिर्तामोड नगरपालिका–३, पश्चिम धर्मकाँटाका ३२ वर्षीय टीका खत्री रहेका छन् । 

उनीहरूमाथि अभद्र व्यवहार मुद्दा शीर्षकमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार साउन ११ गते दिउँसो विकास र टीकाले नयनसरी राजवंशीको घरमा गएर ‘हामी सादा पोसाकका प्रहरी हौं तपाईंको छोरो लागुऔषध कारोबार गर्छ, उसलाई जोगाउने हो भने २० हजार दिनू, नभए मुद्दा हाल्छौँ’ भन्दै धम्क्याएका थिए । त्यसपछि उनीहरूले ११ हजार रूपैयाँ लिएर बाँकी फेरि लिन आउने भन्दै गएका थिए । 

साउन १४ गते उनीहरू राति साढे ११ बजे नयनसरीको घरमा गएका थिए । त्यहाँ आफूहरू मिसन आएका बेला गाउँका मान्छेलाई हल्ला गरेर किन बोलाएको भन्दै विशाल राजवंशीलगायत अन्य व्यक्तिहरूलाई बेल्टले कुटपिट गरेको प्रहरीले जनाएको छ । 

विकास र टीकाविरुद्ध उजुरीपछि उनीहरूलाई पक्राउ गरिएको उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्