१४ असार २०८३, आइतबार

माओवादीमा केन्द्रीय सदस्य २९९ बनाउने प्रस्ताव- एक तिहाइको पोलिटब्युरो, उपमहासचिवको नयाँ पद

माओवादीमा केन्द्रीय सदस्य २९९ बनाउने प्रस्ताव- एक तिहाइको पोलिटब्युरो, उपमहासचिवको नयाँ पद

नेकपा माओवादी केन्द्रले विधान संशोधनको प्रस्ताव केन्द्रीय समितिमा लगेको छ । 

संगठनात्मक पुनर्संरचनाको खाकासहित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तरिम विधान पेश गरेका हुन् । 

माओवादीले यसअघि विधानमा नरहेको उपमहासचिव पद थपेको छ । अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने विधान संशोधन प्रस्तावमा उल्लेख छ । 

केन्द्रीय कमिटीबाट पारित भएपछि राष्ट्रिय अधिवेशनबाट अनुमोदन गरेर यो व्यवस्था कार्यान्वयन हुनेछ । केन्द्रीय कमिटीको एक तिहाइको पोलिट्ब्युरो र पोलिट्ब्युरोको एक तिहाइको स्थायी कमिटी बनाउने माओवादीको प्रस्ताव छ । प्रस्ताव स्थायी कमिटीबाट पारित भएर केन्द्रीय कमिटीमा लगिएको हो ।

केन्द्रीय कार्यालयको दैनिक प्रशासनिक काम सञ्चालनका लागि महासचिवको संयोजकत्वमा उपमहासचिव र सचिव रहेको सचिवालय रहने प्रस्ताव गरिएको छ । 

काठमाडौंमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पुस ९ देखि अधिवेशन गर्न प्रस्ताव गरेका थिए । केन्द्रीय कमिटी बैठक आइतवार नै सम्पन्न गर्ने योजना रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्