१४ असार २०८३, आइतबार

आम्मै ! यी पहलमान जसले दैनिक ४ कुखुरा, ३६ अण्डा र ५ लिटर दूध खान्छन्

कात्तिक २०, २०७४
आम्मै ! यी पहलमान जसले दैनिक ४ कुखुरा, ३६ अण्डा र ५ लिटर दूध खान्छन्
काठमाडौं, १४ पुस– पाकिस्तानका एक व्यक्ति जसले दैनिक ४ कुखुरा, ३६ अण्डा र ५ लिटर दूध खान्छन् ।

पाकिस्तानको खैबर पख्तुननख्वांस्थित मरदान शहरमा बस्ने अरबाब खिजर हयात उर्फ खान बाबाको तौल ४ सय ३६ किलो छ । उनी आफूलाई पाकिस्तानी ‘हल्क’ भन्न रुचाउँछन् ।
खान बाबा (फोटो : द एक्सप्रेस ट्रिब्यून)



१८ बर्ष पुगेदेखि नै उनको तौल अचानक बढ्न थालेको पाकिस्तानी समाचार ‘ द एक्सप्रेस ट्रिब्यून’ले जनाएको छ ।
शुरुमा उनी शरीर बलियो पार्न धेरै खाने गर्थे यसैक्रममा उनको दैनिक खानाको परिमाण बढ्दै गयो । उनी अहिले प्रतिदिन १० हजार क्यालोरी बराबरको खाना खान्छन् ।

वल्र्ड वेटलिफ्टिङ च्याम्पियनशिपको तयारीको लागि उनले अहिले दैनिक ४ कुखुरा, ३६ अण्डा र ५ लिटर दूध खाँदै आएका छन् ।

बाबा आफूलाई विश्वकै बलियो व्यक्ति ठान्छन् । यसअघि अमेरिकाका १ सय ६३ किलो तौल भएका पाल एन्डरसन विश्वको बलियो व्यक्तिको रुपमा गनिन्थे ।

बाबाको तौल ४ सय ३६ किलो भइकन पनि उनी स्वस्थ छन् । बाबा वल्र्ड रेसलिङ ‘डब्लुडब्लुई’ मा भाग लिनको लागि पनि आफ्नो तौल बढाउँदै छन् ।

बाबाको सम्बन्ध पाकिस्तानको मदान शहरका एक धनी परिवारसँग छ । सन् २०१२ मा आफूले ५ हजार किलोग्राम तौल उचालेको उनी दाबी गर्छन् । साथै आफ्नो रेकर्ड कसैले तोड्न नसक्ने विश्वास छ उनलाई । उनका अनुसार वल्र्ड रेसलिङ ‘डब्लुडब्लुई’मा उनलाई मेडल मिलेको छ । र, उनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा समावेश छ ।
उनको यो सबैकुरा माथि पाकिस्तानी समाचार ‘द एक्सप्रेस ट्रिब्यून’ले प्रमाणित भने गरेको छैन् ।

आफ्नो तौल अत्याधिक भएका कारण बाबाले दैनिक जीवनमा थुप्रै अप्ठ्याराहरु भोग्नु परेका छन् । अत्याधिक तौलका कारण उनी कारमा समेत अटाउँदैनन् । एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्