
बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ ।
शुक्रवार राति एक्कासि बिरामी भएका ६१ वर्षीय अध्यक्ष यादवको नेपालगञ्ज नर्सिङ होममा मृत्यु भएको हो ।
रगतको प्रेसर घटेपछि शुक्रवार साँझ ६ बजे अस्पताल पुगेका उनको राति १ निधन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले लोकान्तरलाई जानकारी दिए ।
उनको गत वर्ष पत्थरीको अपरेसन गरिएको थियो । ‘प्रेसर लो’ भएपछि २ दिन अगाडि रगत चढाइएको थियो ।
‘शुक्रवार अचानक असहज भएपछि अस्पताल लगिएको थियो । त्यहीँ उहाँको निधन भयो,’ रानाले भने ।
२०७४ सालको स्थानीय निर्वाचनमा यादवले एमालेबाट जानकी गाउँपालिकाको अध्यक्षमा चुनाव जितेका थिए । यादव वडा नम्बर ६ कोठारपुरका हुन् ।