३१ असार २०८३, बुधबार

सभामुखको निर्णय- माधव नेपालसहितका १४ सांसदलाई कारवाही गरिरहनु परेन

सभामुखको निर्णय-  माधव नेपालसहितका १४ सांसदलाई कारवाही गरिरहनु परेन

संसद् सचिवालयले माधव नेपालसहितका १४ सांसदलाई कारवाही गरिरहनु नपर्ने निष्कर्ष निकालेको छ । 

नेकपा एमालेले कारवाहीका लागि पठाएको पत्रबारे संसद् सचिवालयले माधव समूहलाई निर्वाचन आयोगले नयाँ दलको मान्यता दिइसकेकाले कारवाही गरिरहनु नपर्ने निष्कर्ष निकालेको हो । 

माधव समूहले नयाँ दल दर्ता गर्न लागेपछि माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीलाई एमालेले पदमुक्त गर्ने निर्णय गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्