३० असार २०८३, मंगलबार

लुम्बिनी प्रदेश सभाको बैठक पुनः स्थगित

लुम्बिनी प्रदेश सभाको बैठक पुनः स्थगित
फाइल तस्वीर।

लुम्बिनी प्रदेश सभाको बैठक पुनः स्थगित भएको छ । 

भदौ १७ गतेका लागि बोलाइएको प्रदेश सभाको नवौं अधिवेशनको पाचौं बैठक सूचना टाँसेर भदौ ३० गतेसम्मका लागि स्थगित गरिएको हो ।

प्रदेश सभा बैठक शुरू गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहमति हुन नसकेको र भदौ १८ गते नेपाली कांग्रेसको वडा अधिवेशन समेत रहेकाले भदौ १७ गतेका लागि बोलाइएको बैठक ३० गते बस्ने गरी स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

विपक्षी दल एमालेले आफूहरूको माग सम्बोधन नभएसम्म बैठक अवरुद्ध गर्ने अडान छाडेको छैन ।

नेकपा एमालेले सूर्य चुनाव चिह्न लिएर निर्वाचित तत्कालीन नेकपाकी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वली र स्वतन्त्र राजनीतिक समूहका अजय शाहीलाई प्रदेश सभा सदस्यबाट पदमुक्त गर्न माग गर्दै बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रदेश सभा सचिवालयले भने सचिवालयको रेकर्डमा वली नेकपा माओवादी केन्द्र र शाही स्वतन्त्र राजनीतिक समूह उल्लेख भएकाले एमालेको पत्रको आधारमा उनीहरूलाई पदमुक्त गर्न नमिल्ने जानकारी एमालेलाई गराएको छ ।

अदालतले नेकपा खारेज गरेपछि प्रदेश सभा सदस्य वलीले नेकपा माओवादी केन्द्र रोजेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्