२४ जेठ २०८३, आइतबार

भुक्तानीको अनुगमन गर्न राष्ट्र बैङ्कले ल्यायो विनियमावली

भुक्तानीको अनुगमन गर्न राष्ट्र बैङ्कले ल्यायो विनियमावली

नेपाल राष्ट्र बैङ्कले भुक्तानी प्रणालीको स्थलगत अनुगमन गर्ने गरी निरीक्षण तथा सुपरिवेक्षण विनियमावली, २०७८ जारी गरेको छ ।

भुक्तानी प्रणालीको नीतिगत व्यवस्था गरेर भुक्तानी फर्स्योट प्रणालीलाई सुरक्षित, स्वस्थ तथा सक्षम बनाउन भन्दै बैङ्कले विनियमावली ल्याएको हो ।

अब राष्ट्र बैङ्कले विनियमावलीमार्फत कानुनबमोजिम व्यवस्था र राष्ट्र बैङ्कबाट जारी भएको नियम, विनियम, आदेश, परिपत्र तथा निर्देशनको परिपालना भए/नभएको परीक्षण गर्ने छ ।

यस्तै, संस्थाले अवलम्बन गरेको समग्र सुरक्षा व्यवस्था, संस्थाको कारोबारमा अन्तर्निहित जोखिम पहिचान र संस्थाको समग्र वित्तीय अवस्थाको विश्लेषण समेत गर्ने छ ।

विनियमावलीमा डेपुटी गभर्नरको अध्यक्षमा बैङ्क तथा वित्तीय संस्था नियमन विभाग, बैङ्क सुपरिवेक्षण विभाग, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक सदस्य रहने गरी भुक्तानी प्रणाली सिफारिस समितिको व्यवस्था गरिएको छ ।

यो समितिमा बैङ्किङ विभाग, सूचना प्रविधि महाशाखाका निर्देशक सदस्य र भुक्तानी प्रणाली विभागका निर्देशक सदस्य रहने छन् ।

salt training

कमेन्ट गर्नुहोस्