×

सभामुखले एमसीसी रोक्नुभएको हो, अब के गर्नुहुन्छ हामी हेर्छौं– ईश्वर पोखरेल

भदौ २०, २०७८

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमसीसी संसद्मा ल्याउन सभामुख अग्निप्रसाद सापकोटालाई नै चुनौती रहेको बताएका छन् ।

विराटनगरमा आइतवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै पोखरेलले भने– ‘हिजो सभामुखले नै रोक्नुभएको थियो, अब के भनेर अगाडि बढाउनुहुन्छ, हामी हेर्छौं ।’


Advertisment

पोखरेलले एमसीसीका विषयमा पार्टीभित्र छलफल नभएको पनि बताए । संसद्मा सभामुखको भूमिका हेरेर अगाडि बढ्ने उनको भनाइ थियो ।


Advertisment

‘हिजो एमाले नेतृत्वको सरकारले एक किसिमको धारणा बनाएको थियो,’ पोखरेलले भने, ‘अब उहाँ (सभामुख) कसरी अगाडि बढ्नुहुन्छ, हामी पनि त्यही अनुसारको रणनीति बनाएर अगाडि बढ्छौं ।’

उनले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र बाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत पाउने दाबी समेत गरे ।

‘उहाँहरूले विश्वासको मत प्राप्त गर्नु हुन्छ भन्नेमा म ढुक्क छु,’ पोखरेलले भने, ‘विश्वासको मत नदिनेहरू आफैँ नांगिएर जानेछन् ।’

पोखरेल मोरङको सुन्दरहरैचामा नेकपा एमालेको कार्यकर्ता भेलालाई सम्बोधन गर्न आएका हुन् ।

मोरङ क्षेत्र नम्बर ३ मा एमाले भन्दा नेकपा एकीकृत समाजवादीका पक्षमा धेरै कार्यकर्ता खुलेको सूचना पाएपछि एमालेले त्यही क्षेत्रमा भेला गरेको बुझिएको छ ।

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

x