×

NMB BANK
NIC ASIA

प्रहरीमा बेथिति

प्रहरीमा बेथिति भाग– २ : घुमुवाका कारण संगठन नै बदनाम, कतै घूससहित पक्राउ, कतै खुलेआम पैसा असुली !

भदौ २२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सादा पोशाकका प्रहरी अर्थात् (घुमुवा)का कारण प्रहरी संगठनको इज्जतमै दाग लाग्ने अवस्था सिर्जना भएको छ ।

Muktinath Bank

घुमुवाका कारण प्रहरी संगठनको इज्जतमा नै धक्का लाग्ने स्थिति आएको विषय संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको राज्य व्यवस्था समितिको केहीदिन अघिको बैठकमा समेत उठेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भदौ १ गते शुक्रवार संघीय संसद्को राज्य व्यवस्थामा समितिमा गृहमन्त्री बालकृष्ण खाँण र नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई बोलाइएको थियो । 


Advertisment
Nabil box
Kumari

उक्त बैठकमा मन्त्री खाँण र आईजीपी क्षेत्रीसामु कांग्रेस सांसद अमरेशकुमार सिंहले घुमुवा प्रहरीले दिनदहाडै पैसा उठाउने गरेको आरोप लगाए ।

Vianet communication
Laxmi Bank

प्रहरीको नेतृत्वबाटै त्यस्ता घुमुवाहरूलाई संरक्षण मिल्ने गरेको उनको आरोप थियो ।

पूर्व आईजीपी सर्वेन्द्र खनालको नामै लिएर उनले तराई (विशेष गरी २ नम्बर प्रदेशका जिल्लाहरू)मा व्यापारीसँग पैसा उठाउनका लागि घुमुवा परिचालन गरेको प्रमाण आफूसँग रहेको दाबी सिंहले गरे ।

‘घुमुवा प्रहरी केका लागि हो ? उद्देश्य त क्लियर छ, इन्टेलिजेन्सका लागि । तर अहिले त्यसको कामै पैसा उठाउने भएको छ । एउटा होइन, सयवटा प्रमाण हामी दिन सक्छौं । मैले नामै लिएर भन्छु, पहिलाका आईजी सर्वेन्द्र खनालले मधेशमा सबै ठाउँमा मधेशी घुमुवा राख्नुभएको थियो, किन ? मधेशका व्यापारी र तस्करसँग पैसा उठाउन ! १० वटा व्यापारीले मलाई भनेका छन्,’ सिंहले बैठकमा भने ।

प्रहरीका घुमुवाहरू कालोबजारीमा समेत संलग्न रहेको आरोप उनले लगाए ।

‘तस्कर व्यापारी र राजनीतिकर्मीमा फरकै छैन, अझै सेक्युरीटी फोर्सेसले पनि त्यसमा फाइदा उठाइरहेको छ,’ सिंहले भनेका थिए ।

घुमुवा प्रहरी एउटै ठाउँमा १८ वर्षसम्म बसेर पैसा उठाएको आफूले देखेको नेता सिंहले लोकान्तरसँग बताए । 

‘उनीहरूको काम उच्च तहका नेता र प्रहरीका हाकिमहरू आउँदा सित्तैमा होटल व्यवस्थापन गर्ने, उनीहरूलाई खानपिनको व्यवस्थापन गर्ने र नयाँ नयाँ मोबाइल समेत उपलब्ध गराउने पनि हो,’ सिंहले भने ।

आलोचना भएपछि फेरिन्छन् टोली

प्रहरीमा सादा पोसाकका घुमुवा प्रहरीको बारेमा नकारात्मक टिप्पणी आउनेबित्तिकै कार्यालय प्रमुखहरूले तिनलाई हटाउने र नयाँ टोली राख्ने गरेका उदाहरण पनि छन् ।

२०७६ पुस १७ मा महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीमा तत्कालीन आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले घुमुवा प्रहरीले बदनाम बनाएको भन्दै घुमुवा खारेज गरेका थिए । 

मेट्रोले कार्यालयबाट खटाइएका ३५ जना प्रहरीलाई खारेज गरेर अपराध अनुसन्धानमा खटिने सादा पोशाकका प्रहरीलाई निगरानी गर्न एसपी रेवती ढकालको नेतृत्वमा समिति समेत गठन भएको थियो । तर पछि फेरि सूचना विश्लेषणका लागि नयाँ टोली राखिएको थियो ।

२०७६ असार १७ गते जिल्ला प्रहरी कार्यालय चितवनका तत्कालीन प्रमुख एसपी दानबहादुर मल्लले सूचना संकलन तथा विश्लेषण शाखा स्थापना गरी घुमुवा प्रहरी हटाएका थिए । 

त्यसपछि प्रहरी नायब उपरीक्षकले सुपरिवेक्षण गर्नेगरी प्रहरी निरीक्षकको नेतृत्वमा विभिन्न पदका १२ जना अनुभवी प्रहरी परिचालन गरिएको थियो । 

पक्राउ समेत पर्छन् घुमुवा

घुमुवा प्रहरी बेलाबेलामा घूसहित पनि पक्राउ पर्दै आएका छन् । 

यस्तै २०७४ माघ २१ मा घूस लिँदै गर्दा सादा पोशाकमा खटिएका घुमुवा प्रहरी रंगेहात पक्राउ परेका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले घूस लिँदै गरेका प्रहरीलाई घूससहित पक्राउ गरेका थियो । 

१० हजार घूससहित पक्राउ पर्नेमा श्रीपुर– १ सुनसरी घर भई लक्ष्मीनियाँ अस्थायी पोस्ट धनुषामा कार्यरत प्रहरी जवान ३८ वर्षीय मनोजकुमार प्रसैला थिए ।

मदिरा बिक्री वितरण सहज बनाइदिने भन्दै उनले घूस बुझेका थिए ।

यस्तै २०७६ पुस २ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी जवान सरोज यादवलाई घूससहित पक्राउ गरेको थियो ।

सादा पोशाकमा खटिएका घुमुवा प्रहरी यादवलाई अख्तियारले १५ हजार घूससहित बारा देवताल गाउँपालिका– १ बडकी फूलबरियाबाट पक्राउ गरेको थियो ।

अवैधरूपमा रक्सी भट्टी सञ्चालन गर्ने वातावरण सहज गरिदिने भन्दै उनले घूस लिएका थिए ।

पछिल्लो समय अर्थात् गएको साउन ३२ गते रौतहटका स्थानीय पत्रकार मोहम्मद मोजिबुल्लाहको मोटरसाइकलमा नाइट्राभेट नामको लागूऔषध राखेर फसाउन खोजेको आरोप सादा पोशाकका घुमुवा असई उदय यादव र जवान मनोज साहमाथि लाग्यो ।

अपराध अनुसन्धान, सूचनाको विश्लेषण र अपराधीको खोजीका लागि राखिने सादा पोशाकका प्रहरीले प्रहरी संगठनकै छविमा आँच आउने गरी काम गरिरहेको देखिन्छ ।

घुमुवा प्रहरी हटाउनु पर्छः सांसद अमरेश कुमार सिंह

कांग्रेस सांसद अमरेशकुमार सिंह सादा पोशाकका प्रहरीले तराईका जिल्लामा पैसा उठाउने, तस्करहरूसँग साँठगाँठ गर्ने उदाहरण प्रशस्तै देखिएको भन्दै यसलाई हटाउनु पर्ने तर्क गर्छन् ।

‘घुमुवा प्रहरी राख्नु हुँदैन भन्ने मेरो तर्क हो । १८ वर्षसम्म एकै ठाउँमा घुमुवा भएको देखेको छु, उनीहरूले घुमुवा प्रहरी भनेर नै परिचय दिन्छन्,’ सांसद सिंहले लोकान्तरसँग भने, ‘अर्को विकल्पका रूपमा सादा पोशाकका प्रहरीको पनि समय–समयमा सरुवा हुन जरुरी देखिन्छ ।’

प्रहरीले सुरक्षा दिनुपर्ने भएता पनि घुमुवा प्रहरीले त्रास फैलाइरहेको उनको आरोप छ ।

हाकिमले मिसयुज गरेका कारण बदनाम भएः पूर्व डीआईजी ठकुरी

पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी सादा पोशाकका घुमुवा प्रहरी राख्नु पर्ने आवश्यकता देखिएर नै राखेको बताउँछन् । 

अपराध नियन्त्रण गर्न र सूचना संकलन गर्नका लागि सादा पोशाकका प्रहरी राख्नु परेको, तर कतिपय हाकिमले पैसा उठाउनका लागि प्रयोग गर्दा घुमुवा प्रहरी बदनाम भएको उनले बताए ।

‘यसको उद्देश्य अपराध नियन्त्रण र सूचना संकलन हो, तर कतिपय कार्यालयका हाकिमले तस्करहरूसँग पैसा उठाउन प्रयोग गरेर मिसयुज गरेका कारण बदनाम भएका हुन्,’ पूर्व डीआईजी ठकुरीले लोकान्तरसँग भने, ‘कतिपय अवस्थामा विभागीय स्वार्थ र राजनीतिक स्वार्थमा पनि उनीहरूको प्रयोग भएका छन् ।’

घुमुवा प्रहरी जुन ठाउँका हुन त्यही ठाउँको राख्नु पर्ने उनको तर्क छ । पूर्व आईजीपी डिबी लामाको पालामा तराईकालाई पहाड र पहाडकालाई तराईमा सादा पोशाकमा खटाउँदा संठनलाई नराम्रो असर परेको उनले स्मरण गरे ।

‘तराईकाले हिमाल तथा पहाडको भाषा संस्कृति बुझ्दैनन् र पहाड र हिमालकाले तराईको भाषा पनि बुझ्दैनन्, त्यसैले जुन ठाउँका हुन्, त्यही ठाउँमा राख्नुपर्छ,’ पूर्व डीआईजी ठकुरीले लोकान्तरसँग भने ।

सादा पोशाकका प्रहरीको काम अपराध अनुसन्धान र निगरानी गर्ने होः प्रहरी प्रवक्ता कुँवर

अपराध नियन्त्रण, अपराधीमाथि निगरानी, अपराधी समात्नु पर्ने अवस्था र गोप्य कामका लागि सादा पोशाकका प्रहरी खटाउनु परेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुवँरले बताए ।

बर्दी लगाएका प्रहरीले गर्न नसक्ने काम सादा पोशाकका प्रहरीले गर्ने उनको दाबी छ ।

‘अपराध नियन्त्रण कार्ययोजनाअनुसार सिभिल प्रहरी राख्नु पर्ने, त्यो टीम १० देखि २६ जनासम्मको हुनुपर्ने व्यवस्था छ,’ एसएसपी कुवँरले भने, ‘सादा पोशाकका प्रहरी विधि र प्रक्रिया अनुसार नै परिचालन भएका हुन् ।’

कतिपय अवस्थामा गैरव्यावसायिक काम पनि गरेको हुनसक्ने उनको स्वीकारोक्ति छ ।

त्यस्ता काम गर्ने सादा पोशाकका प्रहरीलाई कारवाही गर्ने र तिनीहरूलाई गैरव्यावसायिक काममा खटाएको पाइए मातहतका प्रमुखलाई पनि कारवाही दायरामा ल्याउन सकिने प्रवक्ता कुँवरले बताए ।


प्रहरीले गरेको असफल अनुसन्धान, प्रहरीमा देखिएका बेथिति, असफल अभियानका बारेमा लोकान्तरले निरन्तर कलम चलाइरहेको छ । आगामी दिनमा पनि यस्तै सामग्री लिएर आउने छौं । यसभन्दा अघिल्लो भागमा– असफल ‘अपरेसन क्वाक’ : नक्कली डाक्टर खोज्ने सीआईबीको अभियोग नै ‘नक्कली’ प्रकाशित गरेका थियौं ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x