
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूले संविधान र कानूनबमोजिम नै नयाँ दल दर्ता गरेको बताएका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकबाट बाहिरिने क्रममा अध्यक्ष नेपालले दल विभाजन गर्न पाइने कानूनी व्यवस्था र सर्वाेच्च अदालतको विगतको फैसलाको नजिरका आधारमा आफूहरू अघि बढेको जनाए ।
बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले नेता नेपाल सहितलाई गरिएको कारबाही सिफारिसको कार्यान्वयन नभएकामा विरोध गरेको सम्बन्धमा सोधिएको प्रश्नमा पूर्व प्रधानमन्त्री नेपालले भने, ‘उहाँहरूले त्यस्ता कुरा उठाउनुको कुनै अर्थ छैन ।’
एकीकृत समाजवादी राजनीतिक दलसम्बन्धी अध्यादेश २०७८ बमोजिम एमालेबाट विभाजन भई भदौ ९ गते दर्ता भएको थियो ।