कात्तिक २२, २०८०
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
आफ्नो आधार इलाका मान्दै आएको रुपन्देहीको बुटवलमा एमालेले बुधवार पार्टी अध्यक्ष केपी शर्मा ओली सहितका प्रभावशाली नेताको सहभागितामा अगुवा कार्यकर्ता भेला राख्यो ।
पार्टी विभाजनपछि पहिलोपटक आयोजित कार्यकर्ता भेलालाई चासोका साथ हेरिएको थियो ।
देशका धेरै जिल्लामा बुधवार भएका कार्यकर्ता भेलामध्ये ओलीले रुपन्देहीलाई महत्त्व दिएर बुटवल आए ।
अध्यक्ष ओलीसहित पार्टी उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसालको सहभागिता भएको भेलाले एमाले कमजोर नभएको प्रस्टसँग देखियो । पौडेल र भुसालको गृहजिल्ला रुपन्देही नै हो । भेलाका सहभागी कार्यकर्ता उत्साहित देखिए ।
लामो समय ओली र भुसालले एउटै मञ्चबाट सम्बोधन गरे । भेलामा रुपन्देहीका १६ वटै स्थानीय तहबाट २० हजारभन्दा बढी अगुवा कार्यकर्ताको उत्साहजनक सहभागिता रहेको एमालेले जनाएको छ । सिमसिम पानी परिरहे पनि कार्यकर्ता यताउता भएनन् ।
खराब मौसमका कारण निर्धारित समयभन्दा केही ढिलो कार्यक्रममा आएका ओली नेताहरूको सम्बोधनले उत्साहित देखिए । लामो समयपछि ओली र भुसाल एउटै मञ्चमा देखिएका थिए ।
उपमहासचिव घनश्याम भुसालले भाषण गर्दा कार्यकर्ताको ताली र ओलीको ओठमा मन्द मुस्कान देखियो । कार्यक्रम सञ्चालक एमाले रुपन्देहीका सचिव जागेश्वरदेवी चौधरीले भुसाललाई भाषण छोट्याउन आग्रह गर्दा पनि भुसाल बोलिरहे ।
भुसालले २०७४ सालको निर्वाचनमा जस्तै अबको निर्वाचनमा पनि एमालेले वर्चश्व ल्याउने भनेर बोल्दा कार्यकर्ताको तालीको गडगडाहट थियो ।
भुसालले भाषण गर्दा ओली घडी हेर्दै मुस्कुराइरहे । कलाकार बैकुण्ठ महत र प्रिया भण्डारीले ‘समय अभावले गीत छोट्याउँछौं’ भन्दा समेत अध्यक्ष ओलीले पूरा गाउन कलाकारद्वय महत र भण्डारीलाई आग्रह गरे । भुसालले पनि विगतभन्दा उत्साहित भएर सम्बोधन गरे ।
एमाले फुटेको नभई पछारिएको बताउँदै भुसालले अब धुलो टकटकाएर एमाले उठ्ने बताए । एमाले ठूलो चोटबाट पछारिए पनि एमाले देशको प्रमुख शक्ति नै रहेको भुसालले बताउँदा कार्यकर्तालाई हौसला मिलेको बताउँछन् ।
कार्यक्रममा पूर्व अर्थमन्त्री समेत रहेका उपमहासचिव पौडेलले बुधवारको कार्यक्रम एमालेको अगुवा कार्यकर्ता भेला मात्र रहेको बताए । ‘यो एमालेको अगुवा कार्यकर्ता भेला मात्र हो । आमसभा होइन । सभा गरेको भए जनसहभागिता कति हुन्छ कति !’ पौडेलले कार्यकर्तालाई उत्साहित गर्दै भने ।
केही स्वार्थी तत्वहरू पार्टीबाट बाहिर हुँदैमा एमाले विभाजन भएको मान्न नसकिने पौडेलले बताए । कार्यकर्तालाई निरास नहुन आग्रह गर्दै पौडेलले भने, ‘माधव नेपालको झुण्डप्रति चिन्ता लिनु पर्दैन । एमालेले गल्ती गर्दैन । जनताको मनमा घर बनाएर चुनाव जित्छौं । वामपन्थी भन्दै कांग्रेसको पछाडि लागेर माधव नेपालले हास्यास्पद काम गरे ।’
कार्यक्रममा पूर्व मन्त्री समेत रहेका एमाले नेता टोपबहादुर रायमाझीले एमाले फेरि सरकारमा आउन जरुरी रहेको बताए । ‘लोकतान्त्रिक चुनावको माध्यमबाट असफल पार्टी र नेतालाई ध्वस्त बनाउनुपर्छ । हामीहरू पुनः सत्तामा आउन जरुरी छ । हामी पुनः टेस्ट हुन आवश्यक छ,’ उनले भने ।
रायमाझीले गठबन्धनले सफल रूपमा चलिरहेको सरकारलाई असफल बनाउने चेष्ठा गरेको आरोप लगाउँदै त्यसलाई असफल गराउनुपर्ने बताए । उनले भने, ‘विगतमा देशको नेतृत्व गरिसकेका र पार्टीको नेतृत्व गरिसकेका असफल नेताहरूको महागठबन्धन गरेर सफल नेता र सफल पार्टीलाई सम्पूर्ण विदेशी शक्ति लागेर जुन चेष्ठा गरेका छन्, त्यसलाई असफल पार्नुपर्छ ।’
१ घण्टा भाषण गरेका ओलीले माधव नेपाललाई गरीबका गीतमा जस्तै गरीबका आँसुले पोल्ने बताए । उनले अन्तिममा कार्यकर्तालाई निराश नहुन भन्दै कोरोना महामारीबाट सचेतना अपनाउँदै बेसारपानी, तातोपानी र दूधमा बेसार राखेर खान समेत सुझाव दिए ।
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...