×

NMB BANK
NIC ASIA

महाकाली लोकमार्गमा ६ वटा पक्की पुल निर्माण हुने

भदौ ३१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुला टिंकरसम्म निर्माणाधीन महाकाली लोकमार्गमा चालू आर्थिक वर्षमा ६ वटा पक्की पुल निर्माण हुने भएको छ ।

Muktinath Bank

चालू आर्थिक वर्षमा डडेल्धुरा, बैतडी र दार्चुला गरी ६ वटा ठाउँमा पुल निर्माण हुने भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुल निर्माणका लागि चालू आर्थिक वर्षमा ठेक्का लगाउने तयारी गरिएको महाकाली लोकमार्ग दार्चुला टिंकर सडक योजना प्रमुख आशुतोष कर्णले बताए । उनका अनुसार डडेल्धुराको घट्टे र ठूलीगाड खोलामा २ वटा, बैतडीको नीलगाड र कसानी खोलामा २ वटा तथा दार्चुलाको कालागाड र कुकुरेगाड खोलामा २ ठाउँमा पक्की पुल निर्माण हुनेछन् । 


Advertisment
Nabil box
Kumari

आर्थिक वर्ष २०६५/६६ बाट निर्माण शुरू गरिएको सडकखण्डले गति लिएको छैन । अहिले सडकको ट्रयाक खुलाउने, ब्याक किट तथा पुल निर्माणको काम सँगसँगै अघि बढाउन लागिएको हो ।

Vianet communication
Laxmi Bank

कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिंकरसम्म कूल ४२५ किलोमिटर सडक पर्दछ भने खलंगा सदरमुकामदेखि टिंकर ३० किलोमिटर दूरी रहेको छ ।

टिंकर सडक योजनाका अनुसार महाकाली लोकमार्गको दार्चुलामा ९० किलोमिटर, बैतडीमा ५७ किलोमिटर र डडेल्धुरामा १३ किलोमिटर सडकको अस्थायी ट्रयाक खुलाइएको छ । यो सडकखण्डको त्रिदेशीय नाका टिंकर जोड्ने गरी ८७ किलोमिटर सडकखण्डको ट्रयाक खुलाउने जिम्मेवारी नेपाली सेनालाई दिइएको छ ।

नेपाली सेनाले चालू आर्थिक वर्षदेखि काम थालेको सेनाका प्रवक्ता एवं सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए । महाकाली लोकमार्ग निर्माणका लागि चालू आर्थिक वर्षमा कूल १ अर्ब ३ करोड बजेट विनियोजन भएको छ ।

जसमध्ये नेपाली सेनालाई २२ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ । – नरेन्द्रसिंह कार्की/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x