एमालेको नाराबाजीका बीच प्रतिनिधि सभाबाट विनियोजन विधेयक बहुमतले पारित

फाइल तस्वीर।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित भएको छ । 


Advertisement

प्रतिनिधि सभाको सोमवार बसेको बैठकबाट विनियोजन विधेयक बहुमतले पारित भएको हो । सरकारले भदौ २५ गते अध्यादेश बजेट प्रतिस्थापन गर्नको लागि प्रतिस्थापन विधेयक ल्याएको थियो । 


Advertisement

प्रतिस्थापन विधेयकमार्फत् आएको विनियोजन विधेयक पारित भए पनि सम्पूर्ण बजेट भने पारित भएको छैन । तर सेवा र सञ्चित कोषबाट खर्च पाउने गरी विधेयकमा व्यवस्था गरिएकोले भदौ ३१ गतेदेखि खर्च गर्न पाउने व्यवस्था विनियोजन विधेयकमा गरिएको छ ।

आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक पारित भएपछि समग्र बजेट पारित हुनेछ । माधव नेपाललगायत १४ सांसदमाथि गरिएको कारवाही सदर गर्न माग गर्दै एमाले सांसदहरूले संसदमा नाराबाजी लगाएका थिए ।


Advertisement

विनियोजन विधेयक २०७८ पारित तथा आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक स्वीकृत गरेर प्रतिनिधि सभा बैठक बिहीवारसम्मका लागि स्थगित भएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्