×

NMB BANK
NIC ASIA

डेभ ह्वाटमोरले भने- नेपाली खेलाडीलाई एक्पोजरको खाँचो छ

असोज ४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नेपालले ओमानसँग ऐतिहासिक जित निकाल्यो । यसअघि सिरिजका सबै भेटमा नतिजा गुमाएको नेपालले घरेलु टोलीमाथि ७ विकेटको जित निकालेपछि राजीनामा दिइसकेका प्रशिक्षकको सुखद बिदाइ हुँदा उनै प्रशिक्षकले नेपाली खेलाडीका लागि अन्तर्राष्ट्रिय अनुभव दिलाउन क्यानले पहल गर्नुपर्ने सुझाव दिएका छन् । 

Muktinath Bank

त्रिकोणात्मक सिरिज अन्तर्गत ओमान भ्रमणमा नेपालले दुई खेलमा जित निकाल्दा दुई खेल गुमाउन पुग्यो । भ्रमणमा नयाँ अनुहारले स्थान बनाउँदा प्रदर्शन पनि सुधारिएको देखियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कप्तान ज्ञानेन्द्र मल्लसहित आसिफ शेख, कुशल भुर्तेल जस्ता युवा खेलाडीले सम्झनलायक प्रदर्शन गरे । ओडीआई क्रिकेटमा नेपालले ओमानलाई पहिलो पटक पराजित पनि गर्‍यो । कप्तान ज्ञानेन्द्रले आफ्नो एक दिवसीय करियरको चौथो अर्धशतक पनि पूरा गरे । उनी चार अर्धशतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान भए । युवा खेलाडीको प्रदर्शनबाट पुस्ता हस्तान्तरण हुन लागेको हो भन्ने प्रश्नमा कप्तान ज्ञानेन्द्र मल्लले खुशी भएको प्रतिक्रिया दिए । पाएको सफलतालाई निरन्तरता दिनका लागि गृहकार्य जरुरी रहेको मल्लले बताए ।


Advertisment
Nabil box
Kumari

उता प्रशिक्षकको जिम्मेवारीबाट राजीनामा दिएका प्रशिक्षक डेभ ह्वाटमोरले नेपाली टोलीले अन्तर्राष्ट्रिय अनुभव धेरै भन्दा धेरै पाएको खण्डमा राम्रो गर्ने अनुभव सुनाए । ह्वाटमोरले नेपाली क्रिकेटको भविष्य राम्रो रहेको तर नेपाल क्रिकेट संघले खेलाडीलाई धेरै भन्दा धेरै खेलहरू आयोजना गरेर अनुभव दिनुपर्ने सुझाव नेपाल क्रिकेट संघलाई दिएका छन् । भएको क्षमताभन्दा माथि उठ्नका लागि नेपालले बलियो टिमसँग खेल्न आवश्यक रहेको औंल्याए ।

Vianet communication
Laxmi Bank

ओमान भ्रमणको क्रममा नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो भने ओमानसँग पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । 

अमेरिकासँग दोस्रो खेलमा भने नेपाल ६ विकेटले पराजित हुन पुगेको थियो । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको आठौं खेलमा सुखद जित निकालेको नेपाल तालिकाको चौथो स्थानमा उक्लिएको छ । 

८ खेलबाट ८ अंक नै जोडेको नेपालभन्दा माथि शीर्ष स्थानमा १३ खेलबाट २० अंक जोडेको ओमान छ । 

दोस्रो स्थानमा १५ खेल खेलेर १४ अंक जोडेको अमेरिकाका छ भने तेस्रो स्थानमा ८ खेलबाट ९ अंक बनाएको स्कटल्यान्ड अटाएको छ । नामिबिया, संयुक्त अरब इमिरेट्स (युएई) र पपुवा न्युगिनी (पिएनजी) क्रमश पाँचौ, छैठौं र सातौँ स्थानमा छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x