नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भोलि

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भोलि

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको बैठक मंगलवार बस्ने भएको छ । 


Advertisement

काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा मंगलवार दिउँसो २ बजे बैठक बस्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 


Advertisement

बैठकको शुरुमा अध्यक्ष माधवकुमार नेपालले पार्टीले लिनुपर्ने नीतिको सम्बन्धमा मन्तव्य राख्ने छन् । नेकपा एमालेबाट अलग भएर माधव नेपाल लगायत नेताहरुले भदौ २ गते नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका थिए । 

निर्वाचन आयोगले भदौ ९ गते पार्टीलाई औपचारिकता दिएपनि एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ पार्टीको वैधानिकतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । माधव नेपाल लगायत १४ जनालाई सांसद पदबाट मुक्त गर्न माग गर्दै एमालेले संसदमा निरन्तर अवरोध गरेको छ । 


Advertisement

सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको टुंगो लागेपछि मात्र सरकार विस्तार गर्न माधव नेपालको आग्रहका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्