१४ असार २०८३, आइतबार

सरकार बनेको ७२ दिनमा मन्त्रिपरिषद् विस्तार, डा. नारायण खड्का बने परराष्ट्रमन्त्री

सरकार बनेको ७२ दिनमा मन्त्रिपरिषद् विस्तार, डा. नारायण खड्का बने परराष्ट्रमन्त्री

कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त भएका छन् ।

राष्ट्रपति कार्यालयले बुधवार विज्ञप्ति जारी गर्दै डा. खड्कालाई मन्त्रि नियुक्त गरिएको जानकारी गराएको हो ।

'सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८/३/२९ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा डा. नारायण खड्कालाई मन्त्री पदमा नियुक्त गरी परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ,' राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

दिउँसो १ बजे नवनियुक्त मन्त्रीको शपथको तयारी भएको शितलनिवास स्रोतले लोकान्तरलाई जानकारी दियो ।

सत्तारुढ गठबन्धनको मंगलवार बसेको बैठकले डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने निर्णय गरेको थियो ।

संयुक्त राष्ट्रसंघीय महासभामा पठाउने प्रतिनिधि नभएपछि अन्य मन्त्रीको नियुक्ति बाँकी राखेर परराष्ट्रमन्त्री नियुक्त गरिएको हो ।

उदयपुरबाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित खड्का सुशील कोइराला प्रधानमन्त्री रहेको समयमा शहरी विकास मन्त्री थिए ।

असार २९ गते प्रधानमन्त्रीको शपथ लिएका देउवाले शुरूको दिन ४ मन्त्री नियुक्त गरेका थिए ।

त्यसको दुई हप्तामा स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका थिए । सरकार बनेको ७२ दिनपछि मन्त्रिपरिषदमा नयाँ मन्त्री थपिएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्