×

NMB BANK
NIC ASIA

एमालेबाट छुट्टिएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठकले महासचिव छान्ने भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

काठमाडौंमा जारी केन्द्रीय कमिटीको पहिलो बैठकले महासचिव टुंगो लगाउन लागेको हो । असोज ५ देखि शुरू भएको बैठक भोलि पनि बस्ने गरी स्थगित भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

असोज ७ मा बस्ने बैठकमा एकीकृत समाजवादीको केन्द्रीय कमिटी, स्थायी कमिटी र पोलिटब्यूरो सदस्य छान्ने, महासचिव नियुक्त गर्ने र समसामयिक राजनीतिका बारेमा छलफल गर्ने एजेन्डा रहेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । 


Advertisment
Nabil box
Kumari

एकीकृत समाजवादीको अध्यक्ष माधव नेपाल छन् भने अन्य पदाधिकारी चयन भएका छैनन् । प्रदेशका इञ्चार्ज, सचिवालय र पाँच सदस्यीय स्थायी कमिटी बनेको भए पनि त्यसले पूर्णता पाइसकेको छैन । 

Vianet communication
Laxmi Bank

अहिले स्थायी कमिटीमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, वेदुराम भुसाल र प्रमेश हमाल छन् । केन्द्रीय कमिटी बैठकले स्थायी कमिटीलाई पनि पूर्णता दिन लागेको छ । 

नेकपा एकीककृत समाजवादीको महासचिव कतिपयले युवा पुस्ताबाट ल्याउनुपर्ने बताइरहेका छन् भने कतिपयले पार्टी नयाँ रहेकाले अग्रज पुस्ताका नेतालाई नै महासचिवको जिम्मेवारी दिनुपर्ने आवाज उठाएको एक केन्द्रीय सदस्यले बताए । 

तर, धेरै जसोको मत भने अहिलेका लागि अग्रज पुस्ताबाट नै महासचिव बनाउनुपर्ने पक्षमा रहेको छ । 

एकीकृत समाजवादीभित्र महासचिवको लागि बेदुराम भुसाल, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, विजय पौडेल लगायतको नाम चर्चामा छ । 

तर, पार्टी अध्यक्ष माधव नेपाल भने स्थायी कमिटी सदस्य बेदुराम भुसाललाई महासचिव बनाउने पक्षमा छन् ।

असोज ७ को केन्द्रीय कमिटी बैठकमा भुसाललाई महासचिवमा प्रस्ताव गर्ने तयारी रहेको अध्यक्ष नेपाल निकट स्रोतले बताएको छ ।

पार्टी अध्यक्षले महासचिवमा भुसालको नाम प्रस्ताव गर्दा बैठकले अस्वीकृत गर्ने सम्भावना नरहेको एकीकृत समाजवादीका एक केन्द्रीय सदस्यले बताए । 

‘महासचिवका आकांक्षी तीनचार जना हुनुहुन्छ । पार्टी शुरूआती अवस्थामा भएकाले अनुभवी नेतालाई नै महासचिवको जिम्मेवारी दिनुपर्छ भन्नेमा धेरैजसो सहमत नै हुनुहुन्छ । महासचिवमा बेदुराम भुसालको नाम प्रस्ताव हुँदा सबैले स्वीकार्छन्’, एक केन्द्रीय सदस्यले बताए । 

राष्ट्रिय सभाका सदस्य समेत रहेका नेता भुसाल पार्टीभित्र बौद्धिक नेताको रूपमा परिचित छन् । नेकपा एकीकृत समाजवादी दर्ताका लागि दस्तावेज तयार गर्न भुसालले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । 

यसअघि प्रदेश इञ्चार्जको जिम्मेवारी तोकिइसकेको छ ।

प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, बागमती प्रदेशमा केदार न्यौपाने, गण्डकी प्रदेश केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेशमा भगवत विश्वसी र कर्णाली प्रदेशमा प्रकाश ज्वालाले इञ्चार्जको जिम्मेवारी पाएका छन ।

सुदूरपश्चिम प्रदेशमा भने इञ्चार्ज तोक्न बाँकी छ ।

यसैगरी, उपत्यका विशेष प्रदेश इञ्चार्जमा विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेश इञ्चार्जमा विजय गुरूङ र मोर्चा इञ्चार्जमा डा. विजय पौडेललाई जिम्मेवारी दिइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x