२२ असार २०८३, सोमबार

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

एमाले केन्द्रीय कमिटी बैठक बस्दै
फाइल फोटो

विधान महाधिवेशनबारे छलफल गर्न शुक्रवारदेखि शुरू भएको नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज शनिवार पनि बस्दैछ । 

ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा हुने बैठकमा असोज १५, १६ र १७ गते हुन गइरहेको विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक र विधान संशोधन सम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ ।

विधान महाधिवेशनमा पेश गरिने प्रस्तावमाथि छलफल गर्न शुक्रवार गठित १० वटा समूहले छलफल गरेपछि शनिवारको बैठकमा टोली नेताले रिपोर्ट प्रस्तुत गर्ने जनाइएको छ ।

केन्द्रीय कमिटीबाट पारित भएका प्रस्तावलाई विधान महाधिवेशनमा पेश गरिने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्