×

NMB BANK
NIC ASIA

गण्डकी प्रदेश पूर्ण साक्षर घोषणा

असोज २४, २०७८

NTC
Premier Steels

गण्डकी प्रदेशलाई पूर्ण साक्षर प्रदेश घोषणा गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशलाई आइतवार आयोजित समारोहमा पूर्ण साक्षर भएको घोषणा गरे । त्यसअघि उनले पोखरा नयाँबजारस्थित प्रदेश संग्रहालयमा निर्मित साक्षर प्रदेशको स्तम्भ अनावरण गरेका थिए । 

Muktinath Bank

नेपाली कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले नेपालको संविधानले शिक्षालाई मौलिक अधिकारको रुपमा लिएको बताउँदै साक्षरता र समृद्धिको सोझो सम्बन्ध रहेको उल्लेख गरे । उनले भने, ‘समृद्धिको आधार नै साक्षरता हो । जनतालाई साक्षरता बनाउन सरकारको दायित्व र जिम्मेवार भएको हो । शिक्षाप्रति सरकार गम्भीर छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शैक्षिक व्यवस्थापनमा सुधार गर्नुपर्ने कार्यक्रम रहेको जनाउँदै उनले साक्षरताको लागि विभिन्न अभियान सञ्चालन गर्दै आएको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

उनले संघीयता पूर्णरुपमा कार्यान्वयनका लागि सरकार प्रतिबद्धसमेत रहेको बताए । ‘संघीयता अझै पनि पूर्ण रुपमा कार्यान्वयन गर्न बाँकी छ,’ प्रधानमन्त्री देउवाले भने, ‘संघीयता कार्यान्वयनले प्रजातन्त्रको रक्षा हुन्छ ।’ 

Vianet communication

प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै रहेको उल्लेख गर्दै उनले प्रजातन्त्रको अर्को केही विकल्प नहुने दाबी गरे । नेपाली कांग्रेस प्रजातन्त्रको लागि लड्दै आएको भन्दै प्रजातन्त्रको विरुद्ध लडेर औचित्य नहुने जिकिर गरे ।

उनले कोरोना महामारी नियन्त्रणमा सरकार सफल देखिएको दाबी गर्दै अमेरिका र बेलायतले भिसा उपलब्ध गराएको जानकारी गराए । ‘कोरोना नियन्त्रणमा नेपालको खेलेको भूमिकालाई विश्व स्वास्थ्य संगठनले धन्यवाद दिएको छ,’ उनले भने ‘बेलायत र अमेरिकाले पनि सजिलै भिसा दिएका छन् ।’

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेशलाई पूर्ण साक्षर घोषणा गरे पनि नयाँ पिँढीलाई निरन्तर साक्षर बनाउने कार्यक्रम चलाइरहनुपर्ने बताए ।

गण्डकी प्रदेशका ८५ वटै पालिका र ११ वटै जिल्ला साक्षर घोषणा गरिसकेकाले प्रदेशलाई नै साक्षर प्रदेश घोषणा गरिएको प्रदेशको शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले जानकारी दिए । 

प्रदेशमा १५ देखि ६० वर्ष उमेर समूहको औसत साक्षरता प्रतिशत ९६.५७ प्रतिशत रहेको शिक्षा मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार प्रदेशको राजधानी कास्की जिल्लामा ९६ प्रतिशत साक्षरता प्रतिशत रहेको छ भने स्याङ्जामा ९६.१६ प्रतिशत, तनहुँमा ९६.४० प्रतिशत, लमजुङमा ९५.५ प्रतिशत, गोरखामा ९७.२० प्रतिशत र नवलपुरको ९८ प्रतिशत साक्षरता रहेको छ । 

त्यस्तै पर्वतको ९६.९३ प्रतिशत, बागलुङको ९६.५७ प्रतिशत, म्याग्दीको ९६.२७ प्रतिशत, मनाङको ९६.९० प्रतिशत र मुस्ताङको ९६.३५ प्रतिशत साक्षरता रहेको छ । 

राष्ट्रसंघको विश्वव्यापी अभ्यासअनुसार १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको सुनिश्चिता गरेको छ । सोही अभ्यासलाई आधार बनाएर नेपालमा पनि १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चितता भएका क्षेत्र, जिल्ला, प्रदेश वा राष्ट्रलाई साक्षरता घोषणा गर्न सकिने नीति पारित गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x