सिटिजन्स बैंक र र लस्कर फूड्स एण्ड डेलिभरि सर्बिसेस बीच छुट सम्झौता

सिटिजन्स बैंक र र लस्कर फूड्स एण्ड डेलिभरि सर्बिसेस बीच छुट सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पक्नाजोल, काठमाण्डौं स्थित लस्कर फूड्स एण्ड डेलिभरि सर्बिसेस प्रा. ली. बीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।


Advertisement

उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग ग्राहक एबं कर्मचारीहरुले लस्कर फूड्स एण्ड डेलिभरि सर्बिसेस प्रा. ली. को विभिन्न सेवाहरुमा विषेश छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 


Advertisement

हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरुको लागी समेत घरमै बसी निः शुल्क मोबाइल बैकिङ्ग मार्फत डेबिट कार्ड को लागी आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ । मोबाइल बैकिङ्ग मार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था समेत गरेको जानकारी बैंकले गराएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्