२२ असार २०८३, सोमबार

अर्को वर्षको विश्वकप आफ्नो अन्तिम हुनसक्ने नेयमारको भनाइ

असोज २५, २०७८
अर्को वर्षको विश्वकप आफ्नो अन्तिम हुनसक्ने नेयमारको भनाइ

ब्राजिलका फूटबल खेलाडी नेयमारले अर्को वर्ष कतारमा हुने विश्वकप आफ्नो अन्तिम हुन सक्ने बताएका छन् । 

विगत ११ वर्षमा ब्राजिलका लागि १०० भन्दा बढी खेल खेलेका नेयमार पेलेपछिका सर्वाधिक गोलकर्ता ब्राजिली खेलडाी हुन् । 

‘मेरो अन्तिम विश्वकप यही भएको मलाई लाग्छ,’ नेयमारले आफूमाथि बनेको नयाँ वृत्तचित्रमा बताए । ‘त्यसपछि पनि फूटबल खेलिरहने मानसिक शक्ति मसँग हुनेछ कि छैन भन्ने कुरा मलाई थाहा छैन ।’

‘त्यसैले आगामी विश्वकपमा राम्रो प्रदर्शनका लागि म जे गर्न पनि तयार छु । देशलाई जीत दिलाउन म सबैथोक गर्नेछु । मैले सानो हुँदादेखि देखेको सपना साकार पार्न लागिपर्नेछु । म यसमा सफल हुन्छु भन्ने आशा छ ।’

पछिल्ला दुई विश्वकपमा सेमीफाइनल र क्वार्टरफाइनलबाटै बाहिरिएको ब्राजिल अहिले दक्षिण अमेरिकाको क्वालिफाइङ समूहको शीर्ष स्थानमा छ । १० वटा खेलमा उसले २८ अंक प्राप्त गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्