×

NMB BANK
NIC ASIA

ओरालो यात्रामा बाइडनको लोकप्रियता

ट्रम्पलाई उत्साहित पार्ने गरी किन स्वाट्टै घट्यो अमेरिकी राष्ट्रपति बाइडनको लोकप्रियता ?

कात्तिक ७, २०७८

NTC
Sarbottam
Photo: Chip Somodevilla/Getty Images
Premier Steels
Marvel

अमेरिकाका राष्ट्रपति जो बाइडनले कार्यकाल सम्हालेको एक वर्ष पनि पूरा नहुँदै उनको लोकप्रियता स्वाट्टै घटेको छ । 

Muktinath Bank

हालैका दिनमा गरिएका विभिन्न सर्वेक्षणमा बाइडनको लोकप्रियतामा ह्रास देखिएको हो । ग्यालप र ग्रिनेल कलेजले सार्वजनिक गरेको सर्वेक्षणमा उनको समर्थक सूचकांक क्रमशः ४२ र ३७ प्रतिशत छ । राष्ट्रपतिको ५० प्रतिशतभन्दा कम समर्थन सूचकांक हुनु भनेको चिन्ताजनक कुरा हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै सीएनबीसीले ८०० जना अमेरिकीमाझ गरेको सर्वेक्षणमा जम्मा ४१ प्रतिशतले बाइडनको समर्थन गरे भने ५२ प्रतिशतले उनको हालसम्मको कार्यकालप्रति असन्तुष्टि जनाए । 


Advertisment
Nabil box
Kumari

त्यस्तै दी एसोसिएटेड प्रेस–एनओआरसी सेन्टर फर पब्लिक अफेयर्स रिसर्चले गरेको सर्वेक्षणमा ५० प्रतिशतले बाइडनलाई समर्थन गरेको पाइएको छ भने ४९ प्रतिशतले उनको विरोध गरेका छन् । 

Vianet communication
Laxmi Bank

गत सेप्टेम्बर महिनामा प्यु नामक संस्थाले गराएको सर्वेक्षणमा बाइडनको समर्थन सूचकांक ४४ प्रतिशत देखिएको छ भने उनको हालसम्मको प्रदर्शनमा असन्तुष्टि जनाउनेहरूको संख्या ५३ प्रतिशत छ । 

अर्थात्, प्रमुख सर्वेक्षण संस्थाहरूको निष्कर्ष बाइडनको पक्षमा छैन । पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको बहुलट्ठीपूर्ण शासनशैली तथा कोरोनाभाइरस नियन्त्रणमा उनले गरेको लापरवाहीका कारण अमेरिकी मतदाताले पोहोर साल दण्ड दिँदै हराएका थिए । 

ट्रम्पलाई पराजित गरेका जो बाइडन लामो समयदेखि राजनीतिमा रहेका अनुभवी तथा सुझबुझपूर्ण प्रशासक मानिन्थे । तर बाइडनले विगत नौ महिनामा ट्रम्पको भन्दा गतिलो काम गरेर देखाउन सकेनन् । 

सीएनएनमा ह्यारी एन्टनले गरेको विश्लेषणअनुसार, बाइडनको पतनमा विभिन्न कारण छन् । 

कोरोना महामारी व्यवस्थापन बाइडनले पनि राम्ररी गर्न नसकेकाले जनताको विश्वास उनीप्रति घटेको एन्टन लेख्छन् । बाइडनको शासनकालमा पनि कोरोनाबाट मृत्यु हुने मानिसको संख्या लगातार बढिरहेको छ । अहिलेसम्म अमेरिकामा सात लाख ५६ हजार २०५ जनाको मृत्यु कोरोनाका कारण भइसकेको छ । 

महामारी व्यवस्थापन गर्न व्यापक खोप अभियान आवश्यक हुन्छ । तर अतिशय स्वतन्त्रताका हिमायती ठूलो संख्याका अमेरिकीहरू खोप लगाउन इच्छुक छैनन् । अझ धार्मिक कट्टरता अपनाउने रिपब्लिकनहरू त खोप अभियानको सशक्त विरोध नै गरिरहेका छन् । राजनीतिक ध्रुवीकरणका कारण पनि कोरोना व्यवस्थापनमा असहजता छ ।

बाइडनले सबै सरकारी निकायसँग ठेक्का लिएका कम्पनीका कर्मचारीलाई अनिवार्य खोप लगाउनका लागि बाध्य बनाउने आदेश दिएको भए पनि त्यसो गर्दा कामदारहरूले संस्था छोडेर जाने चेतावनी कम्पनीहरूले सरकारलाई दिएका छन् । 

नेसनल एसोसिएसन अफ होलसेलर–डिस्ट्रिब्युटर्सका अध्यक्ष तथा सीईओ एरिक होप्लिनले अनिवार्य खोप लगाउने आदेशलाई फिर्ता लिन आग्रह गरेका छन् । उक्त नियम लागू गर्दा हजारौं कामदार जागिरबाट हट्ने र आपूर्ति शृंखलामा आइरहेको समस्या थप बल्झिने उनको भनाइ छ ।

कोरोना कुव्यवस्थापन बाहेक बाइडनले अफगानिस्तानबाट सेना फिर्ता लैजाने प्रक्रियामा गरेको चुकले पनि उनको लोकप्रियतामा आँच आएको छ । 

वाशिङटन पोस्ट–एबीसी न्युज पोल सर्वेक्षणमा तीनचौथाइभन्दा बढी अमेरिकीहरूले अफगानिस्तानबाट सेना फिर्ता बोलाउने बाइडनको निर्णयलाई समर्थन गरे । तर बहिर्गमन प्रक्रियामा अपनाइएको हतारो अनि अव्यस्थित बहिर्गमनका कारण १३ जना अमेरिकी सैनिकले ज्यान गुमाउनुपरेको स्थितिले गर्दा अमेरिकीहरू बाइडनसँग आक्रोशित भए । 

बर्हिगमन प्रक्रियाको व्यवस्थापनका विषयमा सोधिएको प्रश्नमा कुल १ हजार ६ जनामध्ये ५२ प्रतिशत अमेरिकीहरूले बाइडनको आलोचना गरे ।  

बाइडनले सुव्यवस्थित तरिकाले अमेरिकी सैनिक तथा नागरिकको बहिर्गमन गराउन नसक्दा तालिबानले सोचेभन्दा छिटो गतिमा काबुल कब्जा गरेको थियो । त्यसपछि अमेरिकाका सहयोगी अफगानीहरूलाई सुरक्षित बाहिर ल्याउन अप्ठ्यारो परेको थियो । अमेरिका तथा नेटो गठबन्धनलाई सहयोग गर्ने अफगानीहरूलाई तालिबानले क्रूर तरिकाले हत्या गरेको खबर आउँदा बाइडनप्रतिको आक्रोश झनै चुलियो । 

त्यसबाहेक अमेरिकाले बेहोरिरहेको आर्थिक समस्यामा बाइडनले राम्रो ध्यान दिन नसकेकाले अमेरिकीहरूमा उनीप्रति असन्तुष्टि बढेको एन्टन लेख्छन् । सरकारको आर्थिक नीतिमा मानिसहरूको विश्वास विगत ६ महिनामा नराम्ररी खस्किएको मिशिगन विश्वविद्यालयको तथ्यांकले देखाएको उल्लेख एन्टनले गरेका छन् । उनका अनुसार, ट्रम्पलाई निर्वाचनमा पराजित गराउँदाखेरी जनता अर्थतन्त्रका विषयमा जति निराश थिए त्यसभन्दा बढी निराश अहिले छन् । 

हुन पनि अमेरिकाको अर्थतन्त्र अहिले सामान्य मानिसका लागि कष्टकर छ । कोभिडका कारण विश्वको आपूर्ति शृंखलामा समस्या आएकाले अमेरिकामा पनि वस्तुहरूको मूल्य बढेको छ । वस्तुको माग भने ह्वात्तै बढिरहेको अनि त्यस अनुपातमा आपूर्ति चाहिँ हुन नसकेको स्थितिले गर्दा महंगी बढेको हो । 

विश्व अर्थतन्त्रमा १०० खर्ब डलरभन्दा बढीको स्टिमुलस प्रवाह गरिएकाले विभिन्न मुलुकहरू कोभिडको असरबाट क्रमशः उक्सिँदैछन् । तर त्यसले वस्तुको माग भयंकर धेरै बढाएको छ । 

अनि महामारीका कारण संसारभरि कामदारहरूको अभाव भएकाले कच्चा पदार्थ उत्पादनका लागि तथा कारखानाबाट ग्राहकसम्म वस्तु पुर्‍याउनका लागि समस्या आएकाले महंगी बढेको हो । 

अमेरिकीहरूले खाद्यान्न, घरभाडा र अन्य उपभोग्य वस्तुहरूमा पहिलेको भन्दा बढी पैसा तिर्नु परिरहेको छ । एकातिर रोजगारी गुमेर बेरोजगारी भत्ता थाप्नु परिरहेको अनि अर्कातिर दैनिक उपभोगका वस्तुको भाउ पनि बढिरहेको हुनाले सरकारप्रति जनताको आक्रोश स्वाभाविक छ । 

अमरिकाको श्रम मन्त्रालयले दुई साताअघि प्रकाशन गरेको प्रतिवेदनमा ऊर्जासम्बन्धी उत्पादनहरूको मूल्यमा भएको वृद्धिका कारण अन्य वस्तुको मूल्य बढ्ने सम्भावना रहेको तथ्यतर्फ इंगित गरेको छ । बाइडनले लस एन्जलस बन्दरगाह लगायतका प्रमुख बन्दरगाहलाई चौबीसै घन्टा काममा लगाएर आपूर्ति शृंखला सहज बनाउने भनी घोषणा गरेको भए पनि त्यो सोचे जति सजिलो छैन । अझै केही समय अमेरिकीहरूले महंगीको मार सहनुपर्ने अर्थशास्त्रीहरूले पूर्वानुमान गरेका छन् । 

अझ त्यसभन्दा खतरनाक कुरा त, अमेरिकाको अर्थतन्त्र नै मन्दीको मारमा पर्ने जोखिम देखिएको छ । भोक्सईयू नामक वेबसाइटमा एलेक्स ब्राइसन र डेभिड ब्लान्चफ्लावरले प्रकाशन गरेको विश्लेषणमा उल्लेख गरिएअनुसार, कोभिडले अर्थतन्त्रमा दिएको धक्काका कारण आगामी महिनाहरूमा अर्थतन्त्र पुनः समस्यामा पर्ने देखिएको छ । 

परम्परागत श्रम बजारका सूचकांकहरूमा सुधार देखिएको भए पनि अर्थतन्त्रको भविष्यका विषयमा उपभोक्ताहरूले खासै सकारात्मक अपेक्षा गरेका छैनन् । त्यसले मन्दीतर्फ अमेरिकी अर्थतन्त्रलाई धकेल्ने प्रबल सम्भावना देखिन्छ । 

अर्थतन्त्रलाई उकास्नका लागि बाइडन प्रशासनले ३५ खर्ब डलर बराबरको बिल्ड ब्याक बेटर योजना ल्याएर त्यसको विधेयक समेत सदनसमक्ष प्रस्तुत गरिसकेको छ । उक्त विधेयकले अमेरिकाका व्यापक संख्यामा पूर्वाधार निर्माण गर्नुका साथै शिक्षा, स्वास्थ्य, आवास, जलवायु, श्रमसुविधा लगायतका विषयमा खर्च गर्न खोजेको छ । त्यसका लागि धनीहरूसँग कर उठाउने योजना प्रशासनले बनाएको छ ।

विपक्षी रिपब्लिकनहरूले यस प्याकेजका लागि कर उठाउने कुरामा र यसको विशाल आकारमा आपत्ति जनाएर यसलाई रोक्ने प्रयास गरिरहेका छन् । उनीहरूको आपत्तिका कारण यसको आकारलाई घटाएर लगभग ११ खर्ब डलरमा झार्ने बाइडन प्रशासनको योजना छ । त्यस्तो स्थितिमा जनताको जीवनलाई सहज बनाउने विभिन्न कार्यक्रमहरूलाई यसले समेट्न नसक्ने भएको छ र बाइडन प्रशासनप्रतिको आक्रोश मत्थर पार्न गाह्रो हुने भएको छ । 

राष्ट्रिय अर्थतन्त्रमा यस्तो चुनौतीको सामना गरिरहेका बाइडनले परराष्ट्र सम्बन्धमा पनि समुचित कदम चालिरहेका छैनन् । पूर्व राष्ट्रपति ट्रम्पले चीनसँग थालेको व्यापारयुद्ध अन्त्य गर्न बाइडन प्रशासनले ठोस कदम चालेको छैन । बाइडनले पनि चीनलाई चिढ्याउनका लागि ताइवानको समर्थनदेखि लिएर बेलायत र अस्ट्रेलियासँग अकस सम्झौता गरेका छन् । फ्रान्सले अस्ट्रेलियासँग गरेको पनडुब्बी सम्झौतालाई निर्ममतापूर्वक खोसेर अकस सम्झौता गरेका कारण युरोप पनि अमेरिकासँग चिढिएको छ ।

अमेरिकाका व्यापारिक संस्थाहरूले बाइडन प्रशासनलाई चीनसँगको सम्बन्ध सुधार्नका लागि बारम्बार दबाब दिइरहेका छन् । अमेरिकाकी व्यापार प्रतिनिधि क्याथरिकन ताईले चीनसँग सम्बन्ध विच्छेद नगर्ने तर अमेरिकालाई बलियो स्थितिमा राख्ने गरी सम्झौता गर्ने बताएकी छन् । तर राज्यकेन्द्रित आर्थिक मोडल अपनाएको चीनसँग अमेरिका तलै पर्नुपर्ने स्थिति देखिन्छ । 

चीनबाट आउने सस्तो सामानमार्फत अर्थतन्त्र चलायमान राख्ने अमेरिकाले चीनप्रतिको निर्भरता कम गर्ने विकल्पहरूमा पनि उल्लेख्य काम गर्न नसकेको काउन्सिल अन फरेन रिलेसन्स नामक थिंकट्यांकको वेबसाइटमा जेनिफर हिलम्यान र एलेक्स टिप्पेटले लेखेका छन् । 

कम्प्रिहेन्सिभ यान्ड प्रोग्रेसिभ अग्रीमेन्ट फर ट्रान्स–प्यासिफिक पार्टनरशिप (सीपीटीपीपी) मा सहभागी हुने संकेत अमेरिकाले दिएको छैन जबकि चीनले त्यसको सदस्य बन्न निवेदन दिइसकेको छ । त्यसबाहेकका अन्य क्षेत्रीय आर्थिक साझेदारीका लागि बाइडन प्रशासनले धेरै चासो दिएको देखिँदैन । त्यसले गर्दा पनि अमेरिकाको अर्थतन्त्रमा सुधार ल्याउनका लागि अप्ठ्यारो भइरहेको छ ।

कोरोनाभाइरस, जलवायु परिवर्तन, अर्थतन्त्र तथा जातीय समानता– यी चारवटा समस्याको समाधान गर्ने प्रतिज्ञा गर्दै बाइडनले प्रशासन सम्हालेका थिए । तर यी कुनैमा पनि उनले देखिने गरी उल्लेख्य परिणाम दिन नसकेकाले अमेरिकी जनता उनीबाट निराश बनेको देखिन्छ । 

बाइडनले क्रान्तिकारी कदम नचालेमा जनताको यो निराशा आगामी वर्ष हुने मध्यावधि निर्वाचनमा समेत झल्किने र डेमोक्रेटिक पार्टीलाई क्षति गर्ने सम्भावना छ ।

बाइडनले कमजोर प्रदर्शन गरिरहेकाले पूर्व राष्ट्रपति ट्रम्प पनि सन् २०२४ को राष्ट्रपति निर्वाचन लड्नका लागि उत्साहित देखिएका छन् ।  

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x