२२ असार २०८३, सोमबार

एक नम्बर प्रदेशको राजधानी सप्तकोसी क्षेत्रमा बनाउने प्रचण्डको उद्घोष

कात्तिक २०, २०७४
एक नम्बर प्रदेशको राजधानी सप्तकोसी क्षेत्रमा बनाउने प्रचण्डको उद्घोष


गाईघाट (उदयपुर), ७ असार - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एक नम्बर प्रदेशको राजधानी उदयपुरको सप्तकोसी क्षेत्रमा बनाउने उद्घोष गर्नुभएको छ ।Prachanda-1-1_1

उदयपुरको बेलका नगरपालिकास्थित रामपुर ठोक्सिला बजारमा आयोजना गरिएको चुनावी सभालाई आज सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले एक नम्बर प्रदेशको राजधानी पूर्वको विराटनगर तथा इटहरीमा घनावस्ती र पर्याप्त जग्गाको अभावमा स्थापना गर्न नसकिने भन्दै एक नम्बर प्रदेशको राजधानी उदयपुरको तपेस्वरीस्थित कोसी किनार क्षेत्रमा स्थापना गर्न उपयुक्त हुने विचार व्यक्त गर्नुभयो ।

कोसी क्षेत्रमा हजाराँै हेक्टर जग्गा खाली रहेका कारण आफूले अन्य राजनीतिक दलसँग पनि छलफल गरेर पहल गरी अब एक नम्बर प्रदेशको राजधानी उदयपुरको कोसी क्षेत्रमै बनाउन पहल गरिसकेको उहाँले बताउनुभयो ।

आफू प्रधानमन्त्री हुँदा स्थानीय तहको पहिलो चरणको चुनाव सम्पन्न गराएर लिकबाट बाहिर जान लागेको राजनीतिक सङ्क्रमण काललाई सही ट्रयाकमा ल्याएको उहाँको भनाइ थियो ।

अब स्थानीय तहमा र प्रदेश तथा केन्द्रको चुनावमा समेत एक पटक जनतालाई माओवादी केन्द्रलाई बहुमतले विजय गराउन अनुरोध गर्दै उहाँले आफ्नो पार्टी बहुमतले विजय भए पाँच वर्षभित्र नेपाललाई आर्थिकरुपमा दक्षिण एसियाको समृद्ध राष्ट्र बनाउने दाबी गर्नुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्