
असन्तुष्टि जनाउँदै इजलास बहिष्कार गर्दै आएका सर्वाेच्च अदालतका न्यायाधीश सोमवार इजलासमा बसेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तोकेको पेशीमा सुनुवाइ गर्दै बन्दीप्रत्यक्षीकरणको रिटमा न्यायाधीश कुमार रेग्मीले कारण देखाऊ आदेश जारी गरेका छन् ।
जिल्ला अदालत हेटौंडाको आदेशविरुद्ध सार्वजनिक प्रतिरक्षक समाज नेपालले दायर गरेको रिटमाथि रेग्मीको इजलासमा सुनुवाइ भएको हो ।
बन्दीप्रत्यक्षीकरण सम्बन्धी रिट मात्रै पेशी तोकिएकाले न्यायाधीशहरूले सुनुवाइ गरेका हुन् ।
प्रधानन्यायाधीशसँगको छलफल सकारात्मक भएपछि न्यायाधीशहरू ८ दिनपछि आंशिकरूपमा काममा फर्किएका छन् ।